५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्ने प्रतियोगिता जितेर विश्व रेकर्ड कायम गरी १० लाख पुरस्कार

२८ भाद्र २०७९, मंगलवार ०६:४३

एजेन्सी | मानिसको लागि शोख भन्ने ठूलो कुरा हो । कतिपयलाई महंगा गाडीको शोख हुन्छ त कतिलाई घुमफिर गर्ने । तर एकजना युवतीलाई चाहिं बच्चैदेखि सुत्ने शोख थियो । आफ्नो सोही शोखका कारण उनले कीर्तिमान कायम गरी करीब १० लाख रुपैयाँ जितेकी छिन् ।


छिमेकी मुलुक भारतको पश्चिम बंगालमा बस्ने ती युवतीले ४ लाख प्रतिस्पर्धीलाई हराएर सुत्ने प्रतियोगिता जितेर रेकर्ड कायम गरिन् र ६ लाख भारु पुरस्कार समेत पाइन् ।

हुगलीको श्रीरामपुरमा बस्ने ती युवतीको नाम त्रिपर्णा चक्रवर्ती हो । ती युवतीले १ सय दिन ९ घण्टासम्म सुतेर रेकर्ड कायम गरिन् । भारतभरका प्रतियोगीका लागि आयोजित उक्त स्पर्धामा ४ लाख जना सहभागी भएका थिए । त्यसमध्ये १५ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो, जसमध्ये केवल ४ जनामात्रै फाइनल चरणमा पुगेका थिए ।

अन्तिम स्पर्धामा छानिएका ४ प्रतियोगीलाई एउटा म्याट्रेस र एउटा स्लिप ट्रयाकर दिइयो र निद्राको क्षमता देखाउन भनियो ।

प्रतियोगितामा विजेता बनेकी त्रिपर्णा आफूलाई रातमा निद्रा नलाग्ने र दिनभर चाहिं निदाउन सक्ने बताउँछिन् । उनी अमेरिकाको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्दछिन् । वर्क फ्रम होमका कारण उनी रात्रीकालीन समयमा जागेर काम गर्नुपर्दछ र त्यसको भरपाइका रुपमा उनी दिनभर निदाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता