११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रानीको जस्तै लुगा लगाएर मजाक उडाएको भन्दै थाइल्याण्डकी अभियन्तालाई दुई वर्ष जेल

२८ भाद्र २०७९, मंगलवार ०९:३०

भदौ २८, काठमाडौँ | सडक प्रदर्शनका क्रममा रानीको मजाक उडाएको भन्दै थाइल्याण्डको अदालतले एक अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ।

रानीको जस्तै पहिरनमा प्रदर्शनमा उत्रिएर मजाक उडाएको भन्दै २५ वर्षीया अभियन्ता सी याङलाई सोमबार दुई वर्ष कैदको फैसला सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०२० को प्रदर्शनमा नियतवश नै याङले रानीको मजाक उडाएको पुष्टि भएको अदालतको फैसलामा भनिएको छ।


शाही परिवारका सदस्यको मजाक उडाएको पुष्टि भए थाइल्याण्डमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने कानुन छ। थाइल्याण्डमा दुई वर्षयता २ सय १० जना राजनीतिक अधिकारकर्मीहरू शाही परिवारको मजाक उडाएको कसुरमा जेल चलान भएका छन्।

दुई वर्षअघिको सडक प्रदर्शनका याङ गुलाबी सिल्क पहिरनमा सजिएकी थिइन्। उनलाई एक पुरूषले  छाता ओढाएका  थिए। उनी रेड कार्पेटमा हिँड्दा अरू प्रदर्शनकारी उनको दर्शनका लागि भुइँमा बसेको देखिन्थ्यो।  

सामान्यत: थाइल्याण्डकी रानी त्यस्तो पहिरनमा बाहिर जाने र उनको सम्मानमा अरू भुइँमा बस्ने भएकाले यो दृश्यले नियतवश नै रानीको मजाक उडाएको अदालतको ठहर छ।

याङले भने आफू थाइल्याण्डको सांस्कृतिक पहिरनमा सजिएको र रानीको मजाक उडाउने आफ्नो नियत नभएको उनले बयान दिएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु