५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्मेनिया-अजरबैजान द्वन्द्व: दर्जनाैं सैनिक मारिए, युद्ध रोक्न रूस र इरानको आग्रह

२८ भाद्र २०७९, मंगलवार १२:००

भदौ २८, काठमाडौँ | अर्मेनियाले अजरबैजानसँग सीमानामा भएको झडपमा आफ्ना कम्तीमा ४९ सैनिक मारिएको जनाएको छ। 

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानलाई जेर्मुक, गोरिस र कपन लगायतका धेरै अर्मेनियाली शहरहरूमा आक्रमण गरेको आरोप लगाएका छन् । अजरबैजानभित्र रहेको तर मुख्यतया जातीय अर्मेनियालीहरूले बसोबास गर्ने नागोर्नो-काराबाखको स्थितिमा वार्ता गर्न नचाहेर सोझै आक्रमण गरेको आरोप उनले लगाएका हुन् ।


इरानले अर्मेनिया र अजरबैजानलाई संयमता अपनाउन आग्रह गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानले दुई देशबीचको विवादको शान्तिपूर्ण समाधानको लागि आह्वान गरिरहेको बताएका छन् । यस्तै रुसले पनि अर्मेनिया र अजरबैजानलाई युद्ध बन्द गर्न र युद्धविराम सम्झौता पालना गर्न आह्वान गरेको छ।

अर्मेनिया र अजरबैजान दशकौं पुरानो विवादमा छन् । अजरबैजान भित्र पर्ने नागोर्नो-काराबाख क्षेत्रमा जातीय अर्मेनियालीले अर्मेनियाली सेनाको मद्दतमा १९९४ देखि नियन्त्रण गर्दै आएको छ ।

तर, सन् २०२० चएको केही सातामै ६ हजार ५ सय भन्दा बढी मारिएको युद्धमा अजरबैजानले एन्क्लेभ र वरपरका क्षेत्रहरू सफलतापूर्वक नियन्त्रण जमाएको थियो ।

अर्मेनियामा सैन्य आधार रहेको रुसले त्यस वर्षको नोभेम्बरमा शान्ति सम्झौताको मध्यस्थता गर्दै जातीय अर्मेनियालीहरूको बाहुल्य रहेको क्षेत्रमा लगभग २,००० शान्ति सैनिकहरू खटाएपछि युद्ध समाप्त भएको थियो । तर दुवै पक्षले एकअर्कालाई सम्झौताको नियमित उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।

तथापि अहिले अर्मेनिया र रुसले अजरबैजानसँगको अर्मेनियाको सीमानामा रातभरको घातक झडपपछि स्थितिलाई स्थिर बनाउन संयुक्त कदम चाल्न सहमत भएको येरेभान (अर्मेनियाको राजधानी) का अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता