२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्मेनिया-अजरबैजान द्वन्द्व: दर्जनाैं सैनिक मारिए, युद्ध रोक्न रूस र इरानको आग्रह

२०७९, २८ भाद्र मंगलवार १२:००

भदौ २८, काठमाडौँ | अर्मेनियाले अजरबैजानसँग सीमानामा भएको झडपमा आफ्ना कम्तीमा ४९ सैनिक मारिएको जनाएको छ। 

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानलाई जेर्मुक, गोरिस र कपन लगायतका धेरै अर्मेनियाली शहरहरूमा आक्रमण गरेको आरोप लगाएका छन् । अजरबैजानभित्र रहेको तर मुख्यतया जातीय अर्मेनियालीहरूले बसोबास गर्ने नागोर्नो-काराबाखको स्थितिमा वार्ता गर्न नचाहेर सोझै आक्रमण गरेको आरोप उनले लगाएका हुन् ।


इरानले अर्मेनिया र अजरबैजानलाई संयमता अपनाउन आग्रह गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानले दुई देशबीचको विवादको शान्तिपूर्ण समाधानको लागि आह्वान गरिरहेको बताएका छन् । यस्तै रुसले पनि अर्मेनिया र अजरबैजानलाई युद्ध बन्द गर्न र युद्धविराम सम्झौता पालना गर्न आह्वान गरेको छ।

अर्मेनिया र अजरबैजान दशकौं पुरानो विवादमा छन् । अजरबैजान भित्र पर्ने नागोर्नो-काराबाख क्षेत्रमा जातीय अर्मेनियालीले अर्मेनियाली सेनाको मद्दतमा १९९४ देखि नियन्त्रण गर्दै आएको छ ।

तर, सन् २०२० चएको केही सातामै ६ हजार ५ सय भन्दा बढी मारिएको युद्धमा अजरबैजानले एन्क्लेभ र वरपरका क्षेत्रहरू सफलतापूर्वक नियन्त्रण जमाएको थियो ।

अर्मेनियामा सैन्य आधार रहेको रुसले त्यस वर्षको नोभेम्बरमा शान्ति सम्झौताको मध्यस्थता गर्दै जातीय अर्मेनियालीहरूको बाहुल्य रहेको क्षेत्रमा लगभग २,००० शान्ति सैनिकहरू खटाएपछि युद्ध समाप्त भएको थियो । तर दुवै पक्षले एकअर्कालाई सम्झौताको नियमित उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।

तथापि अहिले अर्मेनिया र रुसले अजरबैजानसँगको अर्मेनियाको सीमानामा रातभरको घातक झडपपछि स्थितिलाई स्थिर बनाउन संयुक्त कदम चाल्न सहमत भएको येरेभान (अर्मेनियाको राजधानी) का अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन