२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै

२०७९, ३० भाद्र बिहीबार ०५:५७

भदौ ३०, काठमाडौँ | एजेन्सी | स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् । ९९ प्रतिशत मत गणना हुँदा वाम गठबन्धनले १७३ र दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याएको छ । उदारवादी दलका नेता युल्फ त्रिस्टर्सनले सरकार बनाउने अनुमान गरिएको छ । 


मत पुनः गणना गरेपछि मात्र अन्तिम परिणाम घोषणा गरिनेछ, जुन स्विडेनको राजनीतिक अभ्यास हो । यस बाबजुद एन्डरसन बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पराजय स्वीकार गरेकी छिन् । उनले आज बिहीबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेकी छिन् । 

‘संसदमा उनीहरूलाई एक-दुई सिट फाइदा हुन्छ’, उनले भनिन् ‘यो सामान्य बहुमत हो । यद्यपि, यो बहुमत हो । ’ अपराध, आप्रवासन, समायोजन विषय र विद्युत्को बढ्दो मूल्यवृद्धि जस्ता विषयले चुनावमा स्थान पाएका थिए ।  गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि उनी नर्डिक देशबाट पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ