बेलायती महारानीको शवको सुरक्षा गरिरहेका गार्ड बेहोश भएर ढलेपछि... (भिडियो)

Posted on: 15 Sep, 2022

भदौ ३०, काठमाडौँ | लन्डनको वेस्टमिन्स्टर हलमा बेलायतकी दिवंगत महारानी एलिजाबेथको शव राखिएको कफिनको सुरक्षामा खटिएका एक गार्ड बेहोश भएर ढलेका छन् । 

ती गार्ड हल्लिएर एकपटक मञ्चबाट हलुका लडेका थिए । तर उनले आफूलाई जसोतसो सम्हाले अनि उभिइरहे । केहीबेर उभिएपछि उनी अगाडिपट्टि पछारिए ।

उनी भुइँमा लडेपछि दुई प्रहरी अधिकृत उनलाई उठाउनका लागि दौडिए । उनलाई अस्पताल लगिएपछि उनको ठाउँमा अर्का व्यक्तिलाई गार्ड ड्युटीमा लगाइयो । 

अहिले शाही अंगरक्षक र शाही सैन्य इकाइहरूले कफिनको सुरक्षा दिइरहेका छन् । प्रत्येक गार्डले ६ घन्टाको ड्युटी गरिरहेका छन् । 

महारानी एलिजाबेथको शवमा श्रद्धाञ्जलि अर्पण गर्नका लागि सर्वसाधारणलाई अझै केही दिन मौका दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!