२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती महारानीको शवको सुरक्षा गरिरहेका गार्ड बेहोश भएर ढलेपछि… (भिडियो)

२०७९, ३० भाद्र बिहीबार १२:२५

भदौ ३०, काठमाडौँ | लन्डनको वेस्टमिन्स्टर हलमा बेलायतकी दिवंगत महारानी एलिजाबेथको शव राखिएको कफिनको सुरक्षामा खटिएका एक गार्ड बेहोश भएर ढलेका छन् । 

ती गार्ड हल्लिएर एकपटक मञ्चबाट हलुका लडेका थिए । तर उनले आफूलाई जसोतसो सम्हाले अनि उभिइरहे । केहीबेर उभिएपछि उनी अगाडिपट्टि पछारिए ।

उनी भुइँमा लडेपछि दुई प्रहरी अधिकृत उनलाई उठाउनका लागि दौडिए । उनलाई अस्पताल लगिएपछि उनको ठाउँमा अर्का व्यक्तिलाई गार्ड ड्युटीमा लगाइयो । 

अहिले शाही अंगरक्षक र शाही सैन्य इकाइहरूले कफिनको सुरक्षा दिइरहेका छन् । प्रत्येक गार्डले ६ घन्टाको ड्युटी गरिरहेका छन् । 

महारानी एलिजाबेथको शवमा श्रद्धाञ्जलि अर्पण गर्नका लागि सर्वसाधारणलाई अझै केही दिन मौका दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन