भारतको UP मा दलित दिदीबहिनीको अपहरणपछि सामूहिक बलात्कार र हत्या

Posted on: 16 Sep, 2022

भदौ ३१, एजेन्सी | UP को लखिमपुरमा बलात्कारपछि हत्या गरिएका दुई दलित दिदीबहिनीको २४ घण्टापछि बिहीबार साँझ ५ बजे दाहसंस्कार गरिएको छ । रोजगारी र क्षतिपूर्तिको माग गर्दै परिवारले दाहसंस्कार गर्न अस्वीकार गरेका थिए । तर प्रशासनको आश्वासनपछि दाहसंस्कार गर्न परिवार राजी भए ।

यसअघि दुवै बालिकाको शव परिवारको उपस्थितिमा ३ जना चिकित्सकको टोलीले पोष्टमार्टम गरेको थियो । पोष्टमार्टम रिपोर्टले सामूहिक बलात्कार भएको पुष्टि गरेको छ । बलात्कारपछि दुवै दिदीबहिनीको घाँटी थिचेर हत्या गरिएको र त्यसपछि शवलाई रुखमा झुण्ड्याइएको थियो ।

मृतकमध्ये एकजना कक्षा ७  मा पढने  १४ वर्षीय र  अर्को कक्षा १० मा पढने  १७ वर्षीय विद्यार्थी थिए । आमाले आफ्ना छोरीहरूलाई दिउँसो करिब ३ बजेतिर मोटरसाइकलमा आएका तीन जनाले अपहरण गरी बलात्कारपछि हत्या गरेको आरोप लगाएकी छन् ।  प्रहरीले हालसम्म ६ अभियुक्तलाई पक्राउ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!