५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदीले पाएका उपहार लिलामी सुरू

२ आश्विन २०७९, आईतवार ०७:१९

असोज २, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका १२ सय बढी उपहार लिलामीमा राखिएको छ। 

यस वर्ष लगभग १२०० स्मृति चिन्ह र उपहारहरू ई-लिलामीमा राखिएको छ। नयाँ दिल्लीस्थित नेशनल ग्यालरी अफ मोडर्न आर्टमा स्मृति चिन्हको प्रदर्शन गरिएको छ। यी वस्तुहरू वेबसाइटमा पनि हेर्न सकिने केन्द्रीय मन्त्री किशन रेड्डीले जानकारी दिए। स्वदेश तथा विदेश भ्रमणका क्रममा मोदीलाई आयोजकले ती उपहार दिएका थिए। लिलामीबाट आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ। लिलामी मार्फत उठाइएको रकमले गंगाको संरक्षण र पुनरूत्थान गर्न खोज्ने प्रमुख परियोजना ‘नमामी गंगे’ कार्यक्रममा योगदान गर्नेछ।


लीलामीमा राखिएका विभिन्‍न वस्तुको ‘बेस प्राइस’ २ सय भारतीय रुपैयादेखि अढ़ाई लाख रूपैयासम्म राखिएको छ। ’बोली बढाबढ’ ले यी वस्तु किन्‍न सकिन्छ । बोली लाउदा ‘बेस प्राइस’ भन्दा माथिबाट शुरू गर्नुपर्ने हुन्छ। यसरी बोली लाएर किनिएको वस्तुको ‘होम डेलीभरी’ ३ अक्टूबरपछि गरिने छ। लीलामी प्रक्रिया १४ सेप्टेम्बरदेखि ३ अक्टूबरसम्म सञ्चालन हुन्छ। संग्रहालयमा पेन्टिङ, स्मृति चिह्न, मूर्ति, लुगा, पगडी तथा सांस्कृतिक सामग्री राखिएको छ।

लिलामीमा राखिएका सबै वस्तु सर्वसाधारणले पनि अवलोकन गरुन भन्ने उद्देश्यले दिल्लीको इन्डिया गेट स्थित राष्ट्रिय आधुनिक कला संग्रहालयमा प्रदर्शनीमा राखिएका छन्। गत वर्ष नयाँदिल्लीको राष्ट्रिय आधुनिक कला संग्रहालयमा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा प्राप्त उपहार सामग्री राखिएको थियो। संग्रहालयमा २७ सय ७२ वस्तु राखिएका थिए ।


सन् २०१९ मा पहिलो पटक यस्तो लिलामी भएको थियो जसमा १ हजार ८०५ उपहार सर्वसाधारणका लागि बोलपत्रका लागि खुला गरिएको थियो। दोस्रो चरणमा २ हजार ७ सय ७२ उपहार लिलामीमा राखिएको थियो। सेप्टेम्बर २०२१ मा लिलामीको तेस्रो राउन्डमा ह्यामर अन्तर्गत १३४८ वस्तुहरू राखिएको थियो। त्यसवेला इन्टरनेटबाट र संग्रहालयमा पुगेका व्यक्तिले ती सामग्री किनेका थिए। 

मोदिले आफूले पाएका उपहारको लिलामी गराउने प्रचलन आफू गुजरात राज्यको मुख्यमन्त्री हुँदा नै चलाएका हुन्। मुख्यमन्त्री हुँदा उनले लिलामीबाट उठेको रकम राज्यको बालिका शिक्षा अभियानका लागि प्रदान गर्थे। लिलामी प्रक्रिया अनलाइन मार्फ़त हुन गइरहेको छ। संस्कृति मन्त्रालयले प्रधानमन्त्रीका उपहार सामग्री अनलाइन र संग्रहालयमै गएर किन्न पाउने व्यवस्था मिलाएको छ। तर, यो भारतीय जनताले मात्र किन्न पाउने संस्कृति मन्त्रालयले जनाएको छ। यसमा विदेशी नागरिकले लिलामीमा उपहारका सामग्री किन्न पाउनेछैनन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता