२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदीले पाएका उपहार लिलामी सुरू

२०७९, २ आश्विन आईतवार ०७:१९

असोज २, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका १२ सय बढी उपहार लिलामीमा राखिएको छ। 

यस वर्ष लगभग १२०० स्मृति चिन्ह र उपहारहरू ई-लिलामीमा राखिएको छ। नयाँ दिल्लीस्थित नेशनल ग्यालरी अफ मोडर्न आर्टमा स्मृति चिन्हको प्रदर्शन गरिएको छ। यी वस्तुहरू वेबसाइटमा पनि हेर्न सकिने केन्द्रीय मन्त्री किशन रेड्डीले जानकारी दिए। स्वदेश तथा विदेश भ्रमणका क्रममा मोदीलाई आयोजकले ती उपहार दिएका थिए। लिलामीबाट आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ। लिलामी मार्फत उठाइएको रकमले गंगाको संरक्षण र पुनरूत्थान गर्न खोज्ने प्रमुख परियोजना ‘नमामी गंगे’ कार्यक्रममा योगदान गर्नेछ।


लीलामीमा राखिएका विभिन्‍न वस्तुको ‘बेस प्राइस’ २ सय भारतीय रुपैयादेखि अढ़ाई लाख रूपैयासम्म राखिएको छ। ’बोली बढाबढ’ ले यी वस्तु किन्‍न सकिन्छ । बोली लाउदा ‘बेस प्राइस’ भन्दा माथिबाट शुरू गर्नुपर्ने हुन्छ। यसरी बोली लाएर किनिएको वस्तुको ‘होम डेलीभरी’ ३ अक्टूबरपछि गरिने छ। लीलामी प्रक्रिया १४ सेप्टेम्बरदेखि ३ अक्टूबरसम्म सञ्चालन हुन्छ। संग्रहालयमा पेन्टिङ, स्मृति चिह्न, मूर्ति, लुगा, पगडी तथा सांस्कृतिक सामग्री राखिएको छ।

लिलामीमा राखिएका सबै वस्तु सर्वसाधारणले पनि अवलोकन गरुन भन्ने उद्देश्यले दिल्लीको इन्डिया गेट स्थित राष्ट्रिय आधुनिक कला संग्रहालयमा प्रदर्शनीमा राखिएका छन्। गत वर्ष नयाँदिल्लीको राष्ट्रिय आधुनिक कला संग्रहालयमा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा प्राप्त उपहार सामग्री राखिएको थियो। संग्रहालयमा २७ सय ७२ वस्तु राखिएका थिए ।


सन् २०१९ मा पहिलो पटक यस्तो लिलामी भएको थियो जसमा १ हजार ८०५ उपहार सर्वसाधारणका लागि बोलपत्रका लागि खुला गरिएको थियो। दोस्रो चरणमा २ हजार ७ सय ७२ उपहार लिलामीमा राखिएको थियो। सेप्टेम्बर २०२१ मा लिलामीको तेस्रो राउन्डमा ह्यामर अन्तर्गत १३४८ वस्तुहरू राखिएको थियो। त्यसवेला इन्टरनेटबाट र संग्रहालयमा पुगेका व्यक्तिले ती सामग्री किनेका थिए। 

मोदिले आफूले पाएका उपहारको लिलामी गराउने प्रचलन आफू गुजरात राज्यको मुख्यमन्त्री हुँदा नै चलाएका हुन्। मुख्यमन्त्री हुँदा उनले लिलामीबाट उठेको रकम राज्यको बालिका शिक्षा अभियानका लागि प्रदान गर्थे। लिलामी प्रक्रिया अनलाइन मार्फ़त हुन गइरहेको छ। संस्कृति मन्त्रालयले प्रधानमन्त्रीका उपहार सामग्री अनलाइन र संग्रहालयमै गएर किन्न पाउने व्यवस्था मिलाएको छ। तर, यो भारतीय जनताले मात्र किन्न पाउने संस्कृति मन्त्रालयले जनाएको छ। यसमा विदेशी नागरिकले लिलामीमा उपहारका सामग्री किन्न पाउनेछैनन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन