५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजाब नलगाएकोमा पक्राउ परेकी युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा ठुलो विरोध

२ आश्विन २०७९, आईतवार १०:१९

एजेन्सी | इरानकी एक जना २२ वर्षीया युवती महासा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युले ठुलो विरोध निम्त्याएको छ । उनलाई हिजाब नलगाएको आरोपमा धार्मिक प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको केही घण्टा मै उनको मृत्यु भएको थियो । 

अमिनी इरानको पश्चिम क्षेत्रस्थिति उनको घरबाट परिवारसहित राजधानीमा आफन्त भेट्न जाँदै थिइन् । त्यही समय प्रहरीले उनलाई हिजाब नलगाएको आरोप पक्राउ गरेको थियो । 


उनको अन्त्येष्टिका लागि भेला भएका मानिसहरूले पछि विरोध र्‍याली निकालेका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर बनाउन अश्रु ग्यास प्रयोग गर्नु परेको थियो । 

सामाजिक सञ्जालमा धार्मिक प्रहरीविरुद्ध धेरैले आक्रोश पोखिरहेका छन् । उनीहरूले महिलाहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै सो प्रहरी इकाई नै हटाउनुपर्ने माग समेत उठिरहेको छ ।  कैयौँ इरानी सेलिब्रिटीले तथा सुधारवादी राजनीतिज्ञहरूले अमिनीको मृत्युको विरोध जनाएका छन् । 

प्रहरीले विरोधलाई मत्थर बनाउनको लागि पुलिस स्टेसन भित्रको सिसिटिभी फुटेज बाहिर ल्याएको छ, जहाँ अमिनी आफै ढलेकी छन् । प्रहरीले अमिनीलाई हृदयाघात भएपछि ढलेको बताए पनि परिवारजनले भने अमिनीमा विगतमा मुटुसम्बन्धी कुनै स्वास्थ्य समस्या नरहेको बताएका छन् । 

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमै कुटेका थिए, जसलाई प्रहरीले भने खण्डन गरेका छन् । पक्राउ परेको केही घण्टापछि नै अमिनीको परिवारलाई उनलाई अस्पतालमा भर्ना गरिएकाले भेट्न बोलाइएको थियो । 

उनीहरू अस्पतालमा पुग्दा कोमा रहेकी अमिनाको ‘ब्रेन डेड’ भएको घोषणा गरिएको थियो । इरानी मानव अधिकार संगठन र्‍हानका अनुसार पक्राउको समयमा अमिनीलाई ‘पुनर्शिक्षा कक्षा दिएर’ छाड्ने बताइएको थियो । 

तर अगस्ट १५ मा रैसीले महिलाको शिष्ट पहिरनमा कडाइ गर्ने कानुनमा हस्ताक्षर गरेदेखि नै देशभर महिलाहरू पक्राउ पर्ने क्रम बढेको छ ।  सन् १९७९ को इस्लामिक क्रान्तिपछि महिलाहरूलाई हिजाब अनिवार्य गरिएको थियो । तर पछिल्लो समय तिनको कार्यान्वयन हुन छाडेको भन्दै रैसीले कठोरताका साथ लागु गर्न आह्वान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता