११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसँग रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा छः चिनियाँ राष्ट्रपति सी चिनफिङ

४ आश्विन २०७९, मंगलवार ०७:३९

असोज ४, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । 

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले उक्त इच्छा व्यक्त गरेका हुन् । 

‘चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ,’ राष्ट्रपति सीले शुभकामना सन्देशमा भनेका छन् । 


सन्देशमा चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको जनाउँदै उनले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि नेपाल र चीनले सँधै एक–अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्दै आएको बताएका छन् । 

‘बेल्ट एण्ड रोड अवधारणाको उच्च गुणस्तरिय संयुक्त निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेका छौँ,’ राष्ट्रपति सीले भनेका छन्, ‘यसै क्रममा आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।’  

नेपालको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री नारायण खड्कालाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । 

‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन् । आपसी सम्बन्ध स्वस्थ र स्थिर रुपमा अघि बढिरहेको छ,’ चिनियाँ प्रधानमन्त्री लीले भनेका छन् । 

दुई देशको विकास रणनीतिलाई गहन रुपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश र जनताको अझ बढी हित गर्दै जाने आफ्नो इच्छा रहेको लीले बताएका छन् । 

चिनियाँ विदेशमन्त्री वाङले दुई देशका महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने र चीन–नेपाल रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रुपमा अगाडि बढाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ