असोज ५, काठमाडौं | एजेन्सी | रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ ।
ती पाइलट ककपिटमै बितेपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । घटना आइतवार बेलुकी ७ः४० मा भएको हो ।
भीएम डट् रु नामक रुसी समाचार वेबसाइटले दिएको समाचारअनुसार, एम्बुलेन्स टोली विमान अवतरण गर्नुभन्दा १० मिनेटअघि विमानस्थल पुगेको थियो ।
उडानका क्रममा पाइलटको स्वास्थ्य बिग्रेको थियो । त्यसपछि कोपाइलटले विमानलाई ओम्स्क विमानस्थलमा अवतरण गरेका थिए ।
पाइलटको निधन के कारणले भएको भनी खुलाइएको छैन ।