बोको हरामद्वारा ११ किसानको हत्या

Posted on: 22 Sep, 2022

असोज ६, नियामी | एजेन्सी | जिहादी लडाकुले  नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।  टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् । 
अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका र पालना नगर्नेको हत्या गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । 
यसअघि चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै लडाकुले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए ।
नाइजेरिया वर्षौदेखि जिहादीको चपेटामा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!