ईयुले रुसमाथि थप प्रतिबन्ध लगाउने

Posted on: 22 Sep, 2022

असोज ६, लन्डन | एजेन्सी | युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ । युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका  विदेश नीति प्रमुखले जानकारी दिए ।


राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय गरेका जानकारी दिए । युरोपेली युनियनका मन्त्रीहरू युक्रेनलाई थप हतियार आपूर्ति जारी राख्न पनि सहमत भएका पनि उनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!