५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा लड्न नागरिकलाई आंशिक परिचालन गर्ने पुटिन विरुद्ध रुसभर प्रदर्शन, १३ सय बढी पक्राउ

६ आश्विन २०७९, बिहीबार ०९:१५

असोज ६, मस्को | युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ । 


राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न शहरमा प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा १३३२ जनालाई हिरासतमा लिएको ओभीडी सूचना अनुगमन समूहले जनाएको छ ।

बुधबारको प्रदर्शन फेब्रुवरीमा युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपको घोषणापछिकै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रहरीले राजधानी मस्कोको मुख्य किनमेल सडकबाट ५० जनालाई नियन्त्रणमा लिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शनकारीहरुले ‘परिचालन होइन’ भन्दै नारा लगाएका थिए । यसैबीच, बुधबार टेलिभिजन सम्बोधनमा पुटिनले मस्कोले युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले  रुसले सुरुमा करिब ३ लाख जना परिचालन गर्ने बताएका छन् ।

आंशिक सैन्य परिचालनको अमेरिकालगायत पश्चिमा देशले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता