२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीलाई दिएको बोनस महिना दिन नबित्दै कम्पनीले फिर्ता गर भनेपछि …

२०७९, ७ आश्विन शुक्रबार ०६:०९

एजेन्सी | कुनै पनि कर्मचारीमा बोनसका लागि विशेष उत्साह रहन्छ र उनीहरु यसको व्यग्र प्रतीक्षामा पनि हुन्छन् । तर एकपटक सोच्नुहोस् त, राम्रो बोनस पाइयो तर यसको खुसी मनाउनु अघि नै कम्पनीले फिर्ता माग्यो भने के होला ? यस्तै भएको छ जापानी कार निर्माता कम्पनी होन्डाका कर्मचारीमाथि । कम्पनीले पहिला उनीहरुलाई बोनस दिएर खुसी बनायो र अब उनीहरुलाई पैसा फिर्ता गर्न निर्देशन दिएको छ । आखिर के हो त घटना ? त्यसबारे जानकारी लिऔँ ।


खातामा हालियो बढी बोनस

अमेरिकाको ओहायो राज्यको मेरिसभिल शहरमा भएको होन्डाको कारखानामा काम गर्नेहरुलाई कम्पनीले बोनस रकम फिर्ता गर्न भनेको हो । कम्पनीले कर्मचारीलाई हालै एउटा मेमो पठाएको छ । यसमा ‘तपाईंलाई ओभरपेड बोनस पठाइएको छ र अतिरिक्त रकम फिर्ता गर्नुपर्ने हुन्छ’ भनेर लेखिएको थियो । अर्थात् यी कर्मचारीले जति बोनस पाउनुपर्ने थियो त्योभन्दा बढी रकम उनीहरुको खातामा पठाइएको थियो ।

कम्पनीले कर्मचारीलाई दियो कडा निर्देशन

बिजनेस टुडेमा एनबीसीफोरलाई उद्धृत गर्दै छापिएको रिपोर्टमा भनिएको छ – यो मेमो पाएपछि होन्डाको यो कारखानामा काम गर्ने कर्मचारीहरु अलमलमा परेका छन् । होन्डाको तर्फबाट कर्मचारीलाई उक्त अतिरिक्त बोनसलाई छिटोभन्दा छिटो फिर्ता गर्नुपर्ने कडा निर्देशन दिएको छ । यसमा भनिएको छ, ‘यदि मेमोलाई नजरअन्दाज गरियो वा यसको जवाफ दिइएन भने मासिक तलबबाट बोनसको अतिरिक्त रकम स्वतः काटिनेछ ।’

यस्तो नगर्ने कर्मचारीविरुद्ध कम्पनीले कानुनी उपचारसमेत गर्ने विज्ञको मान्यता छ ।

कम्पनीले आफ्ना कर्मचारीलाई २२ सेप्टेम्बरसम्म रकम भुक्तानीबारे सोच्न समय दिएको थियो । अतिरिक्त बोनसलाई तत्काल भुक्तानी गर्ने कि मासिक तलबबाट कट्टा गर्ने हो भनेर कर्मचारीले छान्न सक्नेछन् ।

यसबारे थप जानकारी प्राप्त गर्न होन्डासँग सम्पर्क गर्न खोज्दा उक्त कार निर्माता कम्पनीले आफूले केही कर्मचारीलाई अतिरिक्त बोनस फिर्ता गर्न भनिरहेको र यो कानुन सम्मत भएको बताएको छ । यद्यपि, कम्पनीले बोनसमा अतिरिक्त रकम कति गयो र कतिजनाले यो फिर्ता दिनुपर्ने भन्ने कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ ।

‘यस महिनाको सुरुमा होन्डाले आफ्ना कर्मचारीलाई बोनस बाँडेको थियो । कतिलाई प्राप्त बोनसभन्दा बढीसमेत भयो । क्षतीपूर्तिसँग सम्बन्धित मुद्दाहरु संवेदनशील विषय हो र हामी हाम्रा सहयोगीलाई कुनै पनि सम्भावित प्रभावलाई कम गर्न यस विषयमा द्रुत गतिमा काम गरिरहेका छौँ । यो एक नीजि विषय भएकोले यसबारे थप जानकारी प्रदान गर्न हामी असमर्थ छौँ,’ कम्पनीले एक वक्तव्यमा भनेको छ ।

यद्यपि, कर्मचारीले पैसा फिर्ता गर्नु आफ्नो परिवारका लागि गाह्रो हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल