५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीलाई दिएको बोनस महिना दिन नबित्दै कम्पनीले फिर्ता गर भनेपछि …

७ आश्विन २०७९, शुक्रबार ०६:०९

एजेन्सी | कुनै पनि कर्मचारीमा बोनसका लागि विशेष उत्साह रहन्छ र उनीहरु यसको व्यग्र प्रतीक्षामा पनि हुन्छन् । तर एकपटक सोच्नुहोस् त, राम्रो बोनस पाइयो तर यसको खुसी मनाउनु अघि नै कम्पनीले फिर्ता माग्यो भने के होला ? यस्तै भएको छ जापानी कार निर्माता कम्पनी होन्डाका कर्मचारीमाथि । कम्पनीले पहिला उनीहरुलाई बोनस दिएर खुसी बनायो र अब उनीहरुलाई पैसा फिर्ता गर्न निर्देशन दिएको छ । आखिर के हो त घटना ? त्यसबारे जानकारी लिऔँ ।


खातामा हालियो बढी बोनस

अमेरिकाको ओहायो राज्यको मेरिसभिल शहरमा भएको होन्डाको कारखानामा काम गर्नेहरुलाई कम्पनीले बोनस रकम फिर्ता गर्न भनेको हो । कम्पनीले कर्मचारीलाई हालै एउटा मेमो पठाएको छ । यसमा ‘तपाईंलाई ओभरपेड बोनस पठाइएको छ र अतिरिक्त रकम फिर्ता गर्नुपर्ने हुन्छ’ भनेर लेखिएको थियो । अर्थात् यी कर्मचारीले जति बोनस पाउनुपर्ने थियो त्योभन्दा बढी रकम उनीहरुको खातामा पठाइएको थियो ।

कम्पनीले कर्मचारीलाई दियो कडा निर्देशन

बिजनेस टुडेमा एनबीसीफोरलाई उद्धृत गर्दै छापिएको रिपोर्टमा भनिएको छ – यो मेमो पाएपछि होन्डाको यो कारखानामा काम गर्ने कर्मचारीहरु अलमलमा परेका छन् । होन्डाको तर्फबाट कर्मचारीलाई उक्त अतिरिक्त बोनसलाई छिटोभन्दा छिटो फिर्ता गर्नुपर्ने कडा निर्देशन दिएको छ । यसमा भनिएको छ, ‘यदि मेमोलाई नजरअन्दाज गरियो वा यसको जवाफ दिइएन भने मासिक तलबबाट बोनसको अतिरिक्त रकम स्वतः काटिनेछ ।’

यस्तो नगर्ने कर्मचारीविरुद्ध कम्पनीले कानुनी उपचारसमेत गर्ने विज्ञको मान्यता छ ।

कम्पनीले आफ्ना कर्मचारीलाई २२ सेप्टेम्बरसम्म रकम भुक्तानीबारे सोच्न समय दिएको थियो । अतिरिक्त बोनसलाई तत्काल भुक्तानी गर्ने कि मासिक तलबबाट कट्टा गर्ने हो भनेर कर्मचारीले छान्न सक्नेछन् ।

यसबारे थप जानकारी प्राप्त गर्न होन्डासँग सम्पर्क गर्न खोज्दा उक्त कार निर्माता कम्पनीले आफूले केही कर्मचारीलाई अतिरिक्त बोनस फिर्ता गर्न भनिरहेको र यो कानुन सम्मत भएको बताएको छ । यद्यपि, कम्पनीले बोनसमा अतिरिक्त रकम कति गयो र कतिजनाले यो फिर्ता दिनुपर्ने भन्ने कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ ।

‘यस महिनाको सुरुमा होन्डाले आफ्ना कर्मचारीलाई बोनस बाँडेको थियो । कतिलाई प्राप्त बोनसभन्दा बढीसमेत भयो । क्षतीपूर्तिसँग सम्बन्धित मुद्दाहरु संवेदनशील विषय हो र हामी हाम्रा सहयोगीलाई कुनै पनि सम्भावित प्रभावलाई कम गर्न यस विषयमा द्रुत गतिमा काम गरिरहेका छौँ । यो एक नीजि विषय भएकोले यसबारे थप जानकारी प्रदान गर्न हामी असमर्थ छौँ,’ कम्पनीले एक वक्तव्यमा भनेको छ ।

यद्यपि, कर्मचारीले पैसा फिर्ता गर्नु आफ्नो परिवारका लागि गाह्रो हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता