५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनको आशिंक परिचालनः प्रदर्शनकारीलाई हिरासतबाटै लगियो भर्ति केन्द्रमा

९ आश्विन २०७९, आईतवार ०६:३९

असोज ९, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ  । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि ३ लाख पुरुष तयार गर्ने योजना घोषणा गरेपछि व्यापक प्रदर्शन सुरु भएको छ ।


रुसी कानुनअन्तर्गत अस्वीकृत जुलुसहरू प्रतिबन्धित छन् । तर, नागरिकहरूलाई सेनामा भर्ना गर्ने पुटिनको कदमले शहरी क्षेत्रहरूमा ठूलो मात्रामा विरोध प्रदर्शन गरेको छ । यस हप्ताको सुरुमा प्रदर्शनहरूमा १ हजार भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको थियो । ‘हामी तोपको चारा होइनौं’ भनेर कराउँदै गरेकी एक महिला प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । र, रसियाको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई भने, ‘म पुटिनको लागि युद्धमा जान चाहन्न । ’

७० वर्षीया नताल्या डुबोभाले आफूले सदैब  युद्धको विरोध गरेको बताइन् । शनिबार पक्राउ परेकामध्ये केहीलाई भर्ती केन्द्रहरूमा जान आदेश दिइएको प्राप्त विवरणहरुमा जनाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता