पाकिस्तानी मन्त्री मरियम औरङ्गजेबलाई लण्डनको कफी सपमा दुर्व्यवहार

Posted on: 26 Sep, 2022

असोज १०, एजेन्सी | पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लन्डनमा पाकिस्तानी नागरिकले कफी सपमा देखेपछि उनी स्तब्ध भए। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्री विरुद्ध नारा लगाएको देख्न सकिन्छ । यति मात्र होइन, कतिपयले मरियम लाई ‘चोर’भनेर पनि सम्बोधन गरेका छन् ।

मरियम औरङ्गजेबलाई घेरेर बसेका मानिसहरूले आफ्नो देश बाढीको चपेटामा परेको बेला नेताहरू जनताको पैसामा विदेश घुमिरहेको आरोप लगाएका थिए । भाइरल भिडियोमा मानिसहरूले उनको वरिपरि घेरा बनाएर उनको बारेमा टिप्पणी गरिरहँदा मरियमले कुनै प्रतिक्रिया नदिइ आफ्नो मोबाइलमा व्यस्त रहेको देखिन्छ । उनको बारेमा टिप्पणी गर्दै एक महिलाले भनिन्,‘त्यहाँ टिभीमा ठूला–ठूला दाबी गर्छिन् तर यहाँ उनको टाउकोमा दुपट्टा पनि छैन । 


घटनाबारे मरियमले ट्वीट गर्दै भनेकी छन्, ‘यो  इमरान खानले पाकिस्तानीहरूको मनमा घृणा भरेका छन्, जुन पाकिस्तानदेखि संसारको कुना कुनामा देखिन्छ।

। म रोकिएर उनीहरुको हरेक प्रश्नको जवाफ दिएँ । दुःखको कुरा के छ भने उनीहरू इमरान खानको प्रचारको सिकार भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!