४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम अडानी धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे, एकैदिन गुमाए ६.९१ अर्ब डलर

११ आश्विन २०७९, मंगलवार ०७:४६

असोज ११, काठमाडौं | अडानी समूहका अध्यक्ष गौतम अडानीको ले एकैदिन गुमाए ६.९१ अर्ब डलर गुमाएका छन् ।  शेयर बजारमा आएको गिरावटका कारण अडानीको नेटवर्थ ५६२६२ करोड (६.९१ अर्ब डलर) ले घट्यो र उनी विश्वका शीर्ष धनाढ्याको सूचीमा तेस्रो नम्बरमा झरेका छन्। उनलाई ठूलो झट्का लागेको छ। 


ब्लुमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १३५ अर्ब डलरमा झरेको छ र उनी अमेजनका संस्थापक जेफ बेजोसभन्दा तल झरेका छन्। बेजोसको नेटवर्थ सोमबार १.३६ अर्ब डलरले बढ्यो र उनी १३८ अर्ब डलरको नेटवर्थका साथ फेरि दोस्रो स्थानमा पुगेका छन्। टेस्लाका सीईओ एलोन मस्क २४५ अर्ब डलरको सम्पत्तिका साथ धनाढ्यको सूचीमा पहिलो नम्बरमा छन्।

सोमबार अडानी समूहका सूचीकृत कम्पनीहरुको सेयरमा भारी गिरावट आएको छ। यो समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेज २.२९ प्रतिशतले घटेको छ। अडानी ट्रान्समिसन ५.६५ प्रतिशत, अडानी टोटल ग्यास ४.७६ प्रतिशत, अडानी ग्रीन एनर्जी ४.८३ प्रतिशत, अडानी पोर्ट्स ५.४८ प्रतिशत, अडानी पावर इट ४.९५ प्रतिशत र अडानी विल्मार ५ प्रतिशतले घटेका छन्। यद्यपि अडानीको कुल सम्पत्ति यस वर्ष ५८.५ अर्ब डलरले बढेको छ भने बेजोसको कुल सम्पत्ति ५४.३ अर्ब डलरले घटेको छ। 

अडानीले हालै बेजोसलाई पछि पार्दै धनाढ्यको सूचीमा दोस्रो नम्बरमा पुगेका थिए तर बेजोस फेरि एकपटक अगाडि बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ