२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा युवराज सलमानले पाए नयाँ जिम्मेवारी

२०७९, १२ आश्विन बुधबार ०५:२४

एजेन्सी | साउदी अरबका राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् । उनी यसअघि उपरक्षामन्त्री थिए ।


यो परिवर्तनमा अर्का छोरा राजकुमार अब्दुलाजिज बिन सलमानलाई ऊर्जा मन्त्री नियुक्त गरिएको छ । साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपीएले मंगलबार एक शाही आदेश जारी गर्दै राजा सलमानले यो घोषणा गरेको जनाएको छ । यो आदेश अनुसार विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद, वित्तमन्त्री मोहम्मद अल(जदान र लगानी मन्त्री खालिद अल(फलिह आफ्नो पुरानो पदमा कायम छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार साउदीका एक अधिकारीले युवराजको नयाँ जिम्मेवारी पहिले उनलाई दिइएको जिम्मेवारी जस्तै रहेको बताएका छन् । यो नयाँ पदमा उनले विदेश भ्रमणमा देशको प्रतिनिधित्व गर्ने र स्वदेशमा आयोजना हुने सम्मेलनको अध्यक्षता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन