५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

धनसम्पत्तिको निम्ति दुई महिलाको ‘बलि’

२६ आश्विन २०७९, बुधबार १०:४२

असोज २६, काठमाडौं । भारतको केरलाको पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिइएको घटना सार्वजनिक भएको छ ।​ भारतीय पत्रिका द हिन्दूमा प्रकाशितसमाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो ।

Shocking: Kerala couple 'sacrifice' two women for prosperity; three held-  The New Indian Express

यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले एक दम्पती भगवल सिंह र लैलासँग शफी उर्फ रशिदलाई हिरासतमा लिएको छ र यी तीनजनामाथि भएको सोधपुछमा प्रहरीले यसबारे चकित पारिदिने जानकारी पाएको छ । कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजू भन्छन्, ‘पद्मको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो।  जबकि अर्की महिलाको जूनमा हत्या भएको थियो ।

यी तिनै जनाले महिलालाई बर्बर ढङ्गले हत्या गरेर उनीहरुको शवलाई आफ्नै घरमा गाढे । अभियुक्तले आफ्नो सबै अपराध स्वीकार गरे र हामीले उनीहरुको बयानलाई पुष्टि गरेका छौँ ।’ हालसम्म प्राप्त जानकारीका अनुसार शफी र भगवल सिंह आर्थिक समस्यासँग जुधिरहेका थिए ।


भगवल सिंहलाई आर्थिक संकटसँग जुध्न मानव बलि दि सल्लाह दिइयो, जसलाई शफीले प्रोत्साहित गरे । यसपछि शफीले केही पैसाको बदलामा महिलालाई ल्याए ।

शफीले ती महिलालाई जागिर र आर्थिक फाइदाको प्रलोभनमा पारेका थिए । प्रहरीले अभियुक्तको घरमा गाडिएको शवको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता