५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसंघको महासभामा नेपाल निरन्तर युक्रेनको पक्षमा, रुस विरुद्ध फेरी गर्यो मतदान

२७ आश्विन २०७९, बिहीबार ०५:१६

असोज २७, काठमाडौं | संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथदिँदै रुसका विरुद्ध उभिएको छ । 

११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो । 


रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा उक्त प्रस्तावमाथि छलफल र मतदान गरिएको थियो । 

महासभाले युक्रेनको डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूलाई रूसले गैरकानूनी रूपमा गाभ्ने प्रयासको निन्दा गरेको छ र युक्रेनको भूभागबाट आफ्ना सबै सैन्य बलहरू तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ । 

महासभामा भएको उक्त निन्दा प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । मतदानमा १४३ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गर्दै युक्रेनलाई साथ दिएका थिए । 

मतदानमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया गरी पाँच देशले प्रस्तवाको विपक्षमा मतदान गरेका थिए । बुधबार भएको मतदानमा नेपालका दुई ठूला छिमेकी भारत र चीनसहित ३५ राष्ट्र  अनुपस्थित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता