जब मस्कोबाट दिल्ली उडेको प्लेनमा बम भएको फोन आयो...

Posted on: 14 Oct, 2022

असोज २८, काठमाडौं | एजेन्सी | बिहीबार राति रुसको मस्कोबाट भारतको दिल्लीको लागि उडेको प्लेनमा बम राखिएको हल्ला फैलिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहिले यस विषयमा अनुसन्धान भइरहेको छ। नेपाली समयअनुसार बिहीबार राति ११ बजे मस्कोबाट दिल्लीको छुटेको प्लेनमा बम रहेको भन्दै धम्कीपूर्ण फोन आएको थियो। 

यद्यपि प्लेन बिहान ३ः०५ मिनेटमा दिल्लीस्थित एयरपोर्टमा अवतरण भएको छ। प्लेनका सबै यात्रुलाई सुरक्षितरुपमा निकालिएको र विमानबारे अनुसन्धानको काम भइरहेको प्रहरीले बताएको छ।

उक्त विमानमा ३८६ यात्रु सवार थिए। त्यस्तै विमानको चालकदलका १६ सदस्यलाई पनि विमानबाट निकालिएको छ। यससँगै एयरपोर्टको सुरक्षा पनि बढाइएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!