५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलप्रयोग गरेर भए पनि ताइवान एकीकरण गरिछाड्छौँ : सी

३० आश्विन २०७९, आईतवार ०७:४३

असोज ३०, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई जसरी पनि चीनसँग एकीकरण गर्ने बाचा गरेका छन्। पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन्। सीले सो बाचा गर्दा हलमा सबैभन्दा धेरै तालीको गड्गडाहट सुनिएको थियो।


‘हामी अधिकतम विनम्रताका साथ शान्तिपूर्ण पुनर्एकीकरणको प्रयास गरिरहनेछौँ। तर, बलप्रयोगलाई त्याग गर्ने बाचा गर्दैनौँ। र, आवश्यक सबै उपाय लगाउने विकल्प हामी खुला राख्छौँ। यो सम्पूर्ण रुपले बाहिरी शक्तिको हस्तक्षेप र ताइवानको ‘स्वतन्त्रता’ खोज्ने केही पृथकतावादी शक्तितर्फ लक्षित छ। यो हाम्रा ताइवानका देशभक्तहरुप्रति लक्षित छैन,’ सीले भने, ‘हाम्रो देशको पूर्ण पुनर्एकीकरण गरिनैपर्छ। र, निस्सन्देह, गरिनेछ।’

ताइवान मामिला समाधानका लागि पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने उनको भनाइ थियो। 

तर, पार्टीले सधैँ ताइवानका देशभक्तहरुलाई सम्मान गर्ने, ख्याल गर्ने र तिनको फाइदाको लागि काम गर्ने उनले बताए। 

‘ताइवान मुद्दाको समाधान चिनियाँ जनताको मात्र चासोको विषय हो। यसको निर्णय चिनियाँ जनताले नै गर्नेछन्,’ सीले थपे।

हङकङ र मकाओका लागि एक मुलुक दुई व्यवस्था नै उत्तम व्यवस्था भएको उनको भनाइ थियो। 

ती क्षेत्रहरुले उच्च स्वशासन प्राप्त गर्ने र त्यहाँ देशभक्तहरुले प्रशासन चलाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता