५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युगान्डामा फेरि इबोलाको प्रकोप : दुई जिल्लामा लकडाउन

३० आश्विन २०७९, आईतवार ०९:०८

असोज ३०, काठमाडौँ | इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन लागू गरिएको छ । मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ ।


युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले यसअघि लकडाउन लागू नगरिने बताउँदै आए पनि आफ्नो निर्णयबाट पछि हटेका छन् । पछिल्लो प्रकोपमा ५८ जना सङ्क्रमित हुनुका साथै १९ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अझै धेरै हुनसक्ने बताइएको छ । पछिल्लो पटकको प्रकोप सबैभन्दा पहिले राजधानी काम्पालाबाट ८० किलोमिटर टाढा रहेको मुबेन्डेमा देखिएको थियो । त्यही क्षेत्र यतिबेला प्रकोपको केन्द्रबिन्दु बनेको छ ।

यसअघि मुसेभेनीले इबेला कोभिड–१९ जस्तै हावाबाट नसर्ने बताउँदै यसका लागि लकडाउन आवश्यक नरहेको बताए पनि उनले दुई जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका छन् । ‘यो संक्रमणलाई रोक्न अल्पकालीन व्यवस्था हो,’ टेलिभिजनमा गरिएको सम्बोधनमा उनले भने ।

उनले यसको नियन्त्रणका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् । भाइरसको सङ्क्रमणको आशङ्का भएर पनि आइसोलेसनमा नबस्नेहरूलाई पक्राउ गर्न प्रहरीले निर्देशन दिइएको छ ।-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता