२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बेलायती अभिनेत्री जोडी कमर वैज्ञानिक रुपमा विश्वकै सुन्दर महिला घोषित

२०७९, ३१ आश्विन सोमबार ०९:१७

असोज २८, काठमाडौं | एजेन्सी | बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् ।

Jodie Comer Is 'The Most Beautiful Woman in the World' According To Science  – The Teal Mango

संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् ।

ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट वैज्ञानिकले बर्सेनि यस्तो सूची सार्वजनिक गर्ने गरेका छन् । यसअघि हलिउड अभिनेत्री एम्बर हर्ड पनि सूचीको शीर्षस्थानमा परेकी थिइन् ।

विवरणअनुसार बेलायती प्लास्टिक सर्जन डा. जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताइन् ।

यो सूचीमा हलिउड अभिनेत्री जेन्डाया र मोडल बेला हदिद क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

‘शारीरिक पूर्णताको लागि मापन गरिंदा जोडीका अनुहारका सबै तत्व पूर्ण पाइए । उनको नाक र ओठको पोजिसनिङले ९८.७ प्रतिशत अंक प्राप्त गरेको छ, जुन पूर्ण आकार प्राप्त गर्नबाट मात्र १.३ प्रतिशत मात्र टाढा छ । जोडीको नाकको लम्बाइ र चौडाले पनि उच्च स्कोर प्राप्त गरेको थियो,’ डा. सिल्भाले भनिन् ।

प्रतिवेदन अनुसार सौन्दर्यको मापदण्ड समेत मानिने गोल्डेन रेसियोलाई फि पनि भनिन्छ । जुन एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्न सूत्रहरु प्रयोग गरिन्छ ।

जोडी बाहेक जेन्डायाले ९४.३७ प्रतिशत, बेला हदिदले ९४.३५ प्रतिशत, बियोन्सेले ९२.४४ प्रतिशत, एरियाना ग्रान्डेले ९१.८१ प्रतिशत, टेलर स्वीफ्टले ९१.६४ प्रतिशत र दीपिका पादुकोणले ९१.२२ प्रतिशत अंक प्राप्त गरेका छन् ।

Liverpool actor Jodie Comer 'most beautiful woman in world' according to  science | ITV News Granada

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प