५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन युद्धको विरोध गर्ने पत्रकारले देश छाडिन्

१ कार्तिक २०७९, मंगलवार ०८:१६

कात्तिक १, मस्को | एजेन्सी | युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् । मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन् । ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाडेकी हुन् ।  उनीहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भने ‘उनीहरू ठीक छन्। तिनीहरू सार्वजनिक रूपमा कुरा गर्न सकिरहेका छैनन् ', उनले थपे।


‘पुटिन एक हत्यारा हुन । उनका सिपाहीहरू फासीवादी हुन्’, लेखिएको पोस्टर बोकेर क्रेमलिन नजिकै जुलाईको मध्यमा एक्लै  विरोध प्रदर्शन गरेपछि उनलाई अगस्टदेखि घरमै नजरबन्द गरिएको थियो ।

च्यानल ओनकी पूर्वसम्पादक मारिनाले सन्ध्याकालीन समाचारको समयमा ‘नो वार’ लेखिएको पोस्टर देखाएकी थिइन् । कानुन प्रवर्तन निकायले ४४ वर्षीया मारिनालाई रुसी सशस्त्र सेनाको बारेमा गलत सूचना वितरण गरेको आरोप लगाएको थियो । उक्त आरोप पुष्टि भएमा उनलाई १० वर्षको जेल सजाय हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता