२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन युद्धको विरोध गर्ने पत्रकारले देश छाडिन्

२०७९, १ कार्तिक मंगलवार ०८:१६

कात्तिक १, मस्को | एजेन्सी | युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् । मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन् । ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाडेकी हुन् ।  उनीहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भने ‘उनीहरू ठीक छन्। तिनीहरू सार्वजनिक रूपमा कुरा गर्न सकिरहेका छैनन् ', उनले थपे।


‘पुटिन एक हत्यारा हुन । उनका सिपाहीहरू फासीवादी हुन्’, लेखिएको पोस्टर बोकेर क्रेमलिन नजिकै जुलाईको मध्यमा एक्लै  विरोध प्रदर्शन गरेपछि उनलाई अगस्टदेखि घरमै नजरबन्द गरिएको थियो ।

च्यानल ओनकी पूर्वसम्पादक मारिनाले सन्ध्याकालीन समाचारको समयमा ‘नो वार’ लेखिएको पोस्टर देखाएकी थिइन् । कानुन प्रवर्तन निकायले ४४ वर्षीया मारिनालाई रुसी सशस्त्र सेनाको बारेमा गलत सूचना वितरण गरेको आरोप लगाएको थियो । उक्त आरोप पुष्टि भएमा उनलाई १० वर्षको जेल सजाय हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर