भारत: पटाका गोदाममा विष्फोट हुँदा ४ को मृत्यु र ७ जना घाइते

Posted on: 20 Oct, 2022

कात्तिक ३, एजेन्सी | भारतको मध्य प्रदेशको मोरेनामा रहेको पटाका गोदाममा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

घटना मोरेना जिल्लाको बनमोर सहरको जैतपुर रोडमा भएको हो | पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । जहाँ विस्फोटका कारण पूरै भवन ध्वस्त भएको छ ।

विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!