चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तेस्रो पटक चयन भए सी जिनपिङ

Posted on: 22 Oct, 2022

कात्तिक ५, काठमाडौँ | चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको छ। 

गत १६ अक्टोबरदेखि बेइजिङमा सुरु भएको महाधिवेशन शनिबार सम्पन्न भएको छ। सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो। 

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। महाधिवेशनले शक्तिशाली पोलिटब्युरो कमिटीमा रहेका तत्कालीन प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने नयाँ कमिटीमा समावेश गरिएको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!