५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

६ कार्तिक २०७९, आईतवार ०५:११

कात्तिक ६, काठमाडौँ | सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।

एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि  कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेनन् ।

सी जिनपिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । सी जिनपिङको टोलीमा ली कियांग, शाओ लेजी, वाङ हुनिङ, काई के डिंग शेशियांग र ली शी समावेश छन् जसमध्ये ली कियांगलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उनले ली केकियांगको स्थान ओगटेका छन् । पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भने, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद ।’

उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अग्रसर हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता