५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऋषि सुनक औपचारिक रूपमा बने ब्रिटिश प्रधानमन्त्री

८ कार्तिक २०७९, मंगलवार ११:४३

कात्तिक ८, काठमाडौँ | ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्। राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्। 

उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्। उनी यस वर्षका त्यहाँका तेस्रो प्रधानमन्त्री हुन्। दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गर्दै छन्। 


ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको बाचासहित पद सम्हाल्न लागेका हुन्। 

सुनकले आजै डाउनिङ स्ट्रीट प्रवेश गरी आफ्नो मन्तव्य दिने कार्यक्रम छ।

त्यससँगै निवर्तमान प्रधानमन्त्री लिज ट्रस आधिकारिक रूपमा बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यभार सम्हाल्ने प्रधानमन्त्री बनेकी छन्।

ट्रसले यसअघि दिएको एक छोटो बिदाइ मन्तव्यमा कर कटौतीको माध्यमबाट आर्थिक अप्ठ्यारा कम गर्ने आफ्नो प्रयासको बचाउ गर्दै नेताहरू साहसी हुनु पर्ने धारणा राखिन्।

यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि सुनक यसपालि विजयी भएका हुन्।

सोमबार टोरी सांसदहरूले कन्जर्भेटिभ दलको नेता चयन गरेपछि सुनकले देशले "गहिरो आर्थिक चुनौती" सामना गरिरहेको बताएका छन्।

 उनले लेबर, स्कटिश न्याशनल पार्टी, लिबरल डेमोक्र्याट र ग्रिन पार्टीको आह्वानको बाबजुद पनि प्रारम्भिक आम निर्वाचनलाई अस्वीकार गरेका छन्। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता