कात्तिक १८, एजेन्सी | हावामा उडेको विमान एकासी जंगलमा खस्दा पाइलट र यात्रु सकुशल बाँच्न सफल भएका छन् । उनीहरू भुइँमा खस्नुको सट्टा रुखको हाँगामा अड्किए जसका कारण उनीहरूको ज्यान जोगियो । उद्धार टोली घटनास्थलमा पुगेपछि उनीहरुलाई ४० फिट अग्लो रुखको हाँगामा फसेको अवस्थामा फेला पारेको थियो ।
यो एउटा सानो विमान थियो र यसमा २ जना मात्रै सवार थिए। श्रीमान विमान उडाउँदै थिए भने श्रीमती यात्रुका रूपमा यात्रा गरिरहेकी थिइन् । बेलायतको रोचेस्टर विमानस्थलबाट उडेको विमान केही समयपछि जंगलमा दुर्घटनाग्रस्त भयो।
रुखमा ठोक्किएपछि विमान जमिनमा खसेको बताइएको छ । तर, पाइलट श्रीमान र श्रीमती दुवै रुखको हाँगामा फसेर बाँच्न सफल भए ।
दुर्घटनापछि उद्धारकर्मीको टोली घटनास्थलमा पुगेर सकुसल उद्दार गरे |