२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० हजार वर्षपछि देखिंदैछ जेटीई पुच्छ्रेतारा, भोलिदेखि देख्न सकिने

२०७९, २८ पुष बिहीबार ११:४६

पुस २८, काठमाडौँ | आजभन्दा ५० हजार वर्ष पहिले अर्थात् हिमयुगमा देखिएको हरियो रङको पुच्छ्रेतारा भोलि शुक्रबार पुन: पृथ्वीबाट देख्न सकिने भएको छ ।

वैज्ञानिकहरुले C/2022 E3 (ZTE) नाम दिएको यो पुच्छ्रेतारा शुक्रबार बिहानबाट अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए । उनले भने, ‘आजभन्दा ५० हजार वर्ष पूर्व हिमयुगमा देखिएको हरित रङ्गको पुच्छ्रेतारा पृथ्वीबाट फेरि देख्न सकिन्छ । होमो सेपियन्स अर्थात् हाम्रा पूर्वजहरु पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा देखिएको थियो । भोलि शुक्रबारबाट नेपालबाट पनि देख्न सक्छौं।’


उनका अनुसार यो पुच्छ्रेतारा सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने भएकोले त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिनेछ । आँखाले देख्न नसके पनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिने उनले बताए । अहिले आँखाले देख्न नसक्ने भए पनि माघ १८ गतेपछि भने केही समय आँखाले पनि देख्न सकिने उनले बताए ।

नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको नजिक माघ महिनाको दोश्रो सातासम्म बेलुकी ७ बजेपछि देख्न सकिने उनले बताए । उनले भने, ‘हाम्रा पूर्खा तथा होमो सेपियन्सले सायद उक्त पुच्छ्रेतारालाई विगतमा अवलोकन गरेका होलान् र कालान्तरमा उक्त पुच्छ्रेतारा काल चक्रमा प्रवाहित हुँदै सौयमण्डलको वृहत्तर विशाल दुरीलाई छिचोल्दै पुनः हामी सामु प्रकट भएको छ ।’

यो पुच्छ्रेतारा माघ १८ गते मा पृथ्वीको नजिकमा ४२ करोड कि.मि.को दूरीसम्म आइपुग्ने शर्माले बताए । उनले थपे, ‘अहिले हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्द्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने माघपछि दक्षिणी गोलार्द्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।’

पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिनेछ । डाइकार्बन अणुहरुको कारणले गर्दा यो तारा हरियो रङ्गको देखिने भएको हो । कुनै समयमा कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरु वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ । वैदिक युग तथा महाभारत युगभन्दा पनि धेरै पहिला पृथ्वीको नजिकमा आइसकेको उक्त पुच्छ्रेतारालाई बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले पनि निरन्तर रुपमा अध्ययन-अवलोकन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा