२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा मोदीबारे बीबीसीको डकुमेन्ट्रीमा किन लाग्यो प्रतिबन्ध ?

२०७९, ९ माघ सोमबार ०९:१६

माघ ९, काठमाडौँ | बेलायती विश्व सेवा बीसीसीले बनाएको ‘इन्डियाः अ मोदी क्वेस्चन’ लाइ भारतले प्रतिबन्ध लगाएको छ । उक्त डकुमेन्ट्री अपलोड गर्ने युट्युबदेखि शेयर गर्ने ट्विटर अकाउन्टहरुसम्म भारतले ब्लक गर्न सामाजिक सञ्जालहरुलाई पत्राचार गरेको छ ।

युट्युब र ट्विटरले मोदी सरकारको आग्रह पालन गरेर अकाउन्टहरुका कन्टेन्ट हटाएको अमेरिकी मिडिया भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ । अहिले विश्वभरका मिडियाहरुले भारतले प्रतिबन्ध लगाएको बीबीसी डकुमेन्ट्रीको समाचार बनाएका छन् । जनवरी १७ मा अनएयर भएको डकुमेन्ट्री भारतमा अहिले पूर्ण प्रतिबन्ध गरिएको छ ।


मोदी सरकारले डकुमेन्ट्रीलाई किन प्रतिबन्ध लगायो ?

सन् २००२ फेब्रुअरी २७ मा भएको भारतीय राज्य गुजरातको हिन्दु-मुस्लिम दंगामा आठ सय हाराहारी मुस्लिम र दुई सय हाराहारी हिन्दुको मृत्यु भएको थियो । हिन्दु तीर्थालु बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएपछि दंगा भएको थियो । दंगा हुँदा मुस्लिममाथि नरसंहार हुँदा मोदी मुकदर्शक भएको किटान गरिएको छ । दंगाको समयमा आगजनी हुँदा प्रहरीले केही नगरेको बीबीसी पत्रकारको फुटेज, बेलायतको परराष्ट्र मन्त्रालयको अप्रकाशित प्रतिवेदनलाई हवाला दिँदै डकुमेन्ट्रीले मोदीलाई मुख्य दोषी मानेको बताएको छ ।

बेलायती सञ्चारमाध्यमबाट मात्रै होइन सरकारी प्रतिवेदनको हवाला दिएर डकुमेन्ट्री आएपछि मोदी सरकार बिच्किएको छ । मोदी सरकारका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले गत बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा आक्रोश पोखेका थिए । उनले डकुमेन्ट्री पक्षपाती र बेलायती उपनिवेशकालीन मगजको उपज भएको आक्रोश पोखेका थिए । मोदीका सल्लाहकार कन्चन गुप्ताले भने डकुमेन्ट्रीलाई होस्टाइन प्रोपोगान्डा र एन्टी इन्डिया गार्बेज भन्दै डकुमेन्ट्री शेयर गर्ने ५० ट्विट ब्लक गरिएको बताएका थिए ।

बीबीसीले भने एक विज्ञप्ति प्रकाशन गरेर डकुमेन्ट्रीलाई लामो अध्ययनपछिको सामग्री भएको भन्दै लेखेको छ, ‘बीबीसी विश्वभरका महत्वपूर्ण मुद्दाहरुलाई प्रकाश पार्न प्रतिबद्ध छ ।’

गुजरात दंगामा मोदीलाई बीबीसीले किटान गरेर ‘प्रत्यक्ष दोषी’ भने पनि भारतीय अदालतले भने मोदीलाई निर्दोष करार गरेको छ । सन् २०१२ मा ५४१ पेजको आदेश दिएर मोदीलाई निन्दा गरेको छ । मोदीले अदालतबाट सफाइ पाएलगत्तै भाजपाको अध्यक्ष चुनिएका थिए । त्यसको दुई वर्षपछि सन् २०१४ को आम निर्वाचनबाट देशको प्रधानमन्त्री बनेका थिए । सन् २०१९ को आम निर्वाचनबाट मोदी पुनः भारतका प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा