2026-09-21 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भोली नेपाल-यूएईकाे खेलको टिकट रकमबाट खेलाडी कल्याणकारी कोष बनाइने, कति छ टिकट मूल्य ?

चैत १, काठमाडौँ । भोली त्रिवि क्रिकेट मैदनमा नेपाल र युएई बीच महत्वपूर्ण क्रिकेट खेल हुँदैछ । क्रिकेटप्रेमी नेपालीहरु भोलीको खेल हेर्न त्रिवि क्रिकेट मैदनमै जाने योजना बनाईरहंदा नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीच हुने भोलीको खेलमा टिकट बेचेर उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने घोषणा गरेको छ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ । पछिल्ला खेलमा नेपाली टिमले आक्रामक पर्दर्शन गर्दै नेपाली समर्थकहरुको मन जितेको छ । यस्तैमा भोलीको खेल हेर्न हजारौं दर्शकहरुको उपस्थिति हुने क्यानको विश्वास छ । क्यानले यो खेलबाट उठेको टिकटको सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने बताएको हो ।

क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर अहिलेसम्म क्यानले कुनै कोष बनाएको छैन । खेलाडीहरुलाई प्रोत्साहन स्वरूप क्यानले कोषको आवश्यकता महसुस गरेर यूएईसँगको खेलको टिकटबाट उठेको रकम जम्मा गरेर कोष बनाउन लागेको जनाएको छ ।

यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाउने बताइएको छ । नेपाल र यूएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० रुपयाँ र गेटमै पुगेर किन्दा १५० रुपयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी