असोज ६ पर्वत ।पर्वतमा पहिलो पटक कालोपत्र भएको ग्रामिण सडक कालोपत्र गरेको हप्तादिन हुन नपाउदै विग्रिएको छ । असारदेखि कालोपत्रे गरिएको दोबिल्लादेखि फलेवास जाने सडकखण्डको सिल्मीमा एक साता अघि मात्रै     गरिएको कालोपत्र उक्किएको हो ।  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६ पर्वत ।पर्वतमा पहिलो पटक कालोपत्र भएको ग्रामिण सडक कालोपत्र गरेको हप्तादिन हुन नपाउदै विग्रिएको छ । असारदेखि कालोपत्रे गरिएको दोबिल्लादेखि फलेवास जाने सडकखण्डको सिल्मीमा एक साता अघि मात्रै     गरिएको कालोपत्र उक्किएको हो ।  

2026-09-19 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोविल्ला फलेवास सडकको कालोपत्र हप्तादिन टिकेन

असोज ६ पर्वत । पर्वतमा पहिलो पटक कालोपत्र भएको ग्रामिण सडक कालोपत्र गरेको हप्तादिन हुन नपाउदै विग्रिएको छ । असारदेखि कालोपत्रे गरिएको दोबिल्लादेखि फलेवास जाने सडकखण्डको सिल्मीमा एक साता अघि मात्रै     गरिएको कालोपत्र उक्किएको हो ।  

ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताले सडकको कालोपत्रे उक्किएको भन्ने स्थानीयवासीको गुनासो छ । कालोपत्र उक्किएर बाटो काम नलाग्ने भएपछि स्थानीयले बिरोध समेत गर्न थालेका छन् । बर्षात्का कारण पछिल्लो साता कालोपत्रे गरिएको झण्डै एक सय मिटर सडक विग्रिएपछि पुन कालोपत्र गर्नुपर्ने अबस्थामा पुगेको छ ।

स्थानीयले मापदण्ड अनुसारको सामाग्री नराख्दा र सडक विभागका कर्मचारी ठेकेदारसँग मिलेमतो गर्दा कालोपत्रे एक साता पनि नटिकेको आरोप लगाएका छन् । मापदण्ड अनुरुप सडकको कालोपत्र नगरिएका कारण बर्षायाममा कालोपत्र गरिएको र गुणस्तरहीन काम भएकाले एक महिनामै कालोपत्र उक्किएको हो ।

पीज न्यूनतम तीन इन्चसम्म बाक्लो हुनुपर्ने भनिएपनि एक इन्च मात्र गरिएकाले सामान्य वर्षाले पनि असर गरेको बताइएको छ ।‘वर्षाका समयमा खोल्साको बाढीलाई एउटा ह्युमपाइपले धान्दैन, कल्भर्ट हाल्ने सुझाव दिँदा नमान्दा सडकमा थप क्षति भयो,’ स्थानीयवासी यामनारायण श्रेष्ठले गुनासो गरे ।

खोल्साको बाढीले ठाउँठाउँको सडकसमेत बगाएको छ । लामा कन्सटूक्सन प्रालिले एक हजार छ सय मिटर सडक खण्डको कालोपत्र गर्नेको लागि झण्डै तीन करोडमा जिम्मा लिएको हो । यो सडक खण्डको पिजका लागि पर्वत दुई नं. क्षेत्रका सभासद विकास लम्सालले उद्घाटन गरेका थिए ।

पिज उक्किएको बारे सभासद लम्सालले मुख खोलेका छैनने । पीज उक्किनुको खास कारण ठेकेदारसँग      राजनीतिक नेतृत्वको कमिशनको चक्कर त हैन भन्ने यतिखेर सर्वसाधारण विच चर्चा समेत छ ।

जताततै मापदण्ड विपरित कार्पेट पीच

सरकारको नियमअनुसार जुनसकै सडक कालोपत्रे गर्दा न्यूनतम ४४ मिलिमिटर अर्थात झण्डै ४ अम्बल हुनै पर्ने मान्यताका विपरित सडकमा १५ मिलिमिटर पनि मोटाइ भएको ‘कार्पेट पीच’ गरिने क्रम मौलाएको छ । नियमअनुसार नबिग्रिएका सडकको स्तरोन्नति गर्दा मात्रै कार्पेट पीच गर्नुपर्ने हो । तर, पूर्ण रुपमा नयाँ कालोपत्रे गरिएका सडकमा पनि निकै कार्पेट पीच  गरिँदैछ ।

फाल्ट (स्तरीय) र ४४ मिलिमिटरको पीचका हुनुपर्ने भएता पनि सो भने हुन नसकेका कारण पनि दोविल्ला फलेवास सडकखण्डको अबस्था नाजुक भएको हो । पीचका लागि ल्याइएका रोडा र अलकत्राको गुणस्तरबारे पनि सरकार बेखबर छ । सडकमा साना रोलरले पीचलाई सम्याइँदैछ । त्यसले पीचको दिगोपन हुन नसकेको हो । अस्फाल्ट पीच गरिएका सडक र त्यसको कालोपत्रे मजबुत र किफायती  हुन्छ ।

  दोविल्ला फलेवास सडकखण्डको पिच बनाएको हप्ता दिन नवित्दै विग्रिएपछि नियमअनुसार नभएको भन्ने देखाउँछ । यता ठेकेदार कम्पनीले गुणस्तरमा बेइमानी नगरेको दाबी गरेको छ । ठेकेदार डिबी तामाङले सडक विभागका कर्मचारीकै निगरानीमा भएको कामलाई दोष दिन नमिल्ने बताए ।

उनले सबै मापदण्ड पूरा गरेर कालोपत्र गरिएको तर सडक माथिबाट आएको बाढीले केही असर गरेको बताए ।  सडक डिभिजन कार्यालय बागलुङका प्रमुख       राजेश पौडेलले बर्षातको समयमा निर्माण कार्य शुरु भएका कारण केहि ठाउँमा सडक विग्रिएको हुन सक्ने तर सोको बारेमा आफुलाई केही जानकारी नभएको उनको भनाई छ । कालोपत्र उक्किएको ठाउँमा पुनः मर्मत गर्नको लागि निर्देशन दिएको उनले बताए ।  दोविल्ला(फलेवास सडक कालोपत्र गर्न १८ करोड रुपैयाँ खर्च हुने देखिएको छ ।

तीन  बर्षसम्ममा फलेवाससम्मको सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ । उक्त  दोबिल्ला(फलेबास सडकको निर्माण कार्य २०५१ सालदेखि सुरु भएको थियो । यो जिल्लाको दक्षिण भेगलाई सदरमुकामसँग जोड्ने सडक समेत हो । बर्षायाममा सडकको कालोपत्र शुरु गरिएका कारण महिनौदेखि उक्त सडकखण्ड रोकिदाँ सर्वसाधरणहरुले समस्या झेल्दै आइरहेका छन् ।

सरकारी अनुगमन शून्य भईदिदा ठेकेदारलाई मालामाल

जव राती बुढी ताती भनेजस्तै वर्षा शुरुभएसँगै पीजको काम थाल्ने ठेकेदारहरुलाई दोष जति वर्षालाई दिएर कमसल काम गरे भएको छ । सरकारी अनुगमन शुन्य भईदिदा पनि ठेकेदारलाई गुणस्तरी सडक निर्माण गर्न ध्यान दिनुपरेको छैन ।
एक वर्ष पहिले निर्माणको सम्झौता गर्ने तर सम्झौतापछि वर्ष दिनभरि हराउने ठकेदार वर्षा लागेपछि काम शुरु गर्ने गर्छन् । दोविल्ला फलेवास सडकखण्डको पीज गर्ने बेलामा पनि यही भएको हो ।  राज्यको ढुकुटीबाट करोडौ लगानीमा भएका निर्माणका कार्यमा कसैको चासो छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो