असोज ६ पर्वत ।पर्वतमा पहिलो पटक कालोपत्र भएको ग्रामिण सडक कालोपत्र गरेको हप्तादिन हुन नपाउदै विग्रिएको छ । असारदेखि कालोपत्रे गरिएको दोबिल्लादेखि फलेवास जाने सडकखण्डको सिल्मीमा एक साता अघि मात्रै     गरिएको कालोपत्र उक्किएको हो ।  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६ पर्वत ।पर्वतमा पहिलो पटक कालोपत्र भएको ग्रामिण सडक कालोपत्र गरेको हप्तादिन हुन नपाउदै विग्रिएको छ । असारदेखि कालोपत्रे गरिएको दोबिल्लादेखि फलेवास जाने सडकखण्डको सिल्मीमा एक साता अघि मात्रै     गरिएको कालोपत्र उक्किएको हो ।  

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोविल्ला फलेवास सडकको कालोपत्र हप्तादिन टिकेन

६ आश्विन २०७३, बिहीबार ०५:४७

असोज ६ पर्वत । पर्वतमा पहिलो पटक कालोपत्र भएको ग्रामिण सडक कालोपत्र गरेको हप्तादिन हुन नपाउदै विग्रिएको छ । असारदेखि कालोपत्रे गरिएको दोबिल्लादेखि फलेवास जाने सडकखण्डको सिल्मीमा एक साता अघि मात्रै     गरिएको कालोपत्र उक्किएको हो ।  

ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताले सडकको कालोपत्रे उक्किएको भन्ने स्थानीयवासीको गुनासो छ । कालोपत्र उक्किएर बाटो काम नलाग्ने भएपछि स्थानीयले बिरोध समेत गर्न थालेका छन् । बर्षात्का कारण पछिल्लो साता कालोपत्रे गरिएको झण्डै एक सय मिटर सडक विग्रिएपछि पुन कालोपत्र गर्नुपर्ने अबस्थामा पुगेको छ ।

स्थानीयले मापदण्ड अनुसारको सामाग्री नराख्दा र सडक विभागका कर्मचारी ठेकेदारसँग मिलेमतो गर्दा कालोपत्रे एक साता पनि नटिकेको आरोप लगाएका छन् । मापदण्ड अनुरुप सडकको कालोपत्र नगरिएका कारण बर्षायाममा कालोपत्र गरिएको र गुणस्तरहीन काम भएकाले एक महिनामै कालोपत्र उक्किएको हो ।

पीज न्यूनतम तीन इन्चसम्म बाक्लो हुनुपर्ने भनिएपनि एक इन्च मात्र गरिएकाले सामान्य वर्षाले पनि असर गरेको बताइएको छ ।‘वर्षाका समयमा खोल्साको बाढीलाई एउटा ह्युमपाइपले धान्दैन, कल्भर्ट हाल्ने सुझाव दिँदा नमान्दा सडकमा थप क्षति भयो,’ स्थानीयवासी यामनारायण श्रेष्ठले गुनासो गरे ।

खोल्साको बाढीले ठाउँठाउँको सडकसमेत बगाएको छ । लामा कन्सटूक्सन प्रालिले एक हजार छ सय मिटर सडक खण्डको कालोपत्र गर्नेको लागि झण्डै तीन करोडमा जिम्मा लिएको हो । यो सडक खण्डको पिजका लागि पर्वत दुई नं. क्षेत्रका सभासद विकास लम्सालले उद्घाटन गरेका थिए ।

पिज उक्किएको बारे सभासद लम्सालले मुख खोलेका छैनने । पीज उक्किनुको खास कारण ठेकेदारसँग      राजनीतिक नेतृत्वको कमिशनको चक्कर त हैन भन्ने यतिखेर सर्वसाधारण विच चर्चा समेत छ ।

जताततै मापदण्ड विपरित कार्पेट पीच

सरकारको नियमअनुसार जुनसकै सडक कालोपत्रे गर्दा न्यूनतम ४४ मिलिमिटर अर्थात झण्डै ४ अम्बल हुनै पर्ने मान्यताका विपरित सडकमा १५ मिलिमिटर पनि मोटाइ भएको ‘कार्पेट पीच’ गरिने क्रम मौलाएको छ । नियमअनुसार नबिग्रिएका सडकको स्तरोन्नति गर्दा मात्रै कार्पेट पीच गर्नुपर्ने हो । तर, पूर्ण रुपमा नयाँ कालोपत्रे गरिएका सडकमा पनि निकै कार्पेट पीच  गरिँदैछ ।

फाल्ट (स्तरीय) र ४४ मिलिमिटरको पीचका हुनुपर्ने भएता पनि सो भने हुन नसकेका कारण पनि दोविल्ला फलेवास सडकखण्डको अबस्था नाजुक भएको हो । पीचका लागि ल्याइएका रोडा र अलकत्राको गुणस्तरबारे पनि सरकार बेखबर छ । सडकमा साना रोलरले पीचलाई सम्याइँदैछ । त्यसले पीचको दिगोपन हुन नसकेको हो । अस्फाल्ट पीच गरिएका सडक र त्यसको कालोपत्रे मजबुत र किफायती  हुन्छ ।

  दोविल्ला फलेवास सडकखण्डको पिच बनाएको हप्ता दिन नवित्दै विग्रिएपछि नियमअनुसार नभएको भन्ने देखाउँछ । यता ठेकेदार कम्पनीले गुणस्तरमा बेइमानी नगरेको दाबी गरेको छ । ठेकेदार डिबी तामाङले सडक विभागका कर्मचारीकै निगरानीमा भएको कामलाई दोष दिन नमिल्ने बताए ।

उनले सबै मापदण्ड पूरा गरेर कालोपत्र गरिएको तर सडक माथिबाट आएको बाढीले केही असर गरेको बताए ।  सडक डिभिजन कार्यालय बागलुङका प्रमुख       राजेश पौडेलले बर्षातको समयमा निर्माण कार्य शुरु भएका कारण केहि ठाउँमा सडक विग्रिएको हुन सक्ने तर सोको बारेमा आफुलाई केही जानकारी नभएको उनको भनाई छ । कालोपत्र उक्किएको ठाउँमा पुनः मर्मत गर्नको लागि निर्देशन दिएको उनले बताए ।  दोविल्ला(फलेवास सडक कालोपत्र गर्न १८ करोड रुपैयाँ खर्च हुने देखिएको छ ।

तीन  बर्षसम्ममा फलेवाससम्मको सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ । उक्त  दोबिल्ला(फलेबास सडकको निर्माण कार्य २०५१ सालदेखि सुरु भएको थियो । यो जिल्लाको दक्षिण भेगलाई सदरमुकामसँग जोड्ने सडक समेत हो । बर्षायाममा सडकको कालोपत्र शुरु गरिएका कारण महिनौदेखि उक्त सडकखण्ड रोकिदाँ सर्वसाधरणहरुले समस्या झेल्दै आइरहेका छन् ।

सरकारी अनुगमन शून्य भईदिदा ठेकेदारलाई मालामाल

जव राती बुढी ताती भनेजस्तै वर्षा शुरुभएसँगै पीजको काम थाल्ने ठेकेदारहरुलाई दोष जति वर्षालाई दिएर कमसल काम गरे भएको छ । सरकारी अनुगमन शुन्य भईदिदा पनि ठेकेदारलाई गुणस्तरी सडक निर्माण गर्न ध्यान दिनुपरेको छैन ।
एक वर्ष पहिले निर्माणको सम्झौता गर्ने तर सम्झौतापछि वर्ष दिनभरि हराउने ठकेदार वर्षा लागेपछि काम शुरु गर्ने गर्छन् । दोविल्ला फलेवास सडकखण्डको पीज गर्ने बेलामा पनि यही भएको हो ।  राज्यको ढुकुटीबाट करोडौ लगानीमा भएका निर्माणका कार्यमा कसैको चासो छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन