2026-09-27 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु

काठमाडौँ | भारतको उत्तर प्रदेशमा गलत जीपीएस नेभिगेसनको कारण कार दुर्घटनामा भएको छ। उक्त दुर्घटनामा तिन जनाको मृत्यु समेत भएको छ। घटना बरेली र बदायूँको सीमामा रहेको रामगंगा नदीमा शनिबार राति भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदायूँतर्फ जाँदै गरेको कार तीव्र गतिमा पुलबाट २५ फिट तल नदीमा खसेको थियो। दुर्घटनामा कार चालकसहित तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरु जीपीएसकाे प्रयाेग गरेर यात्रा गर्दै थिए। इलाका अधिकृत आशुतोष शिवमका अनुसार, यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो, तर जीपीएसमा पुलको स्थिति अद्यावधिक गरिएको थिएन। जीपीएसको निर्देशनअनुसार यात्रा गरिरहेका चालकले पुलको अवस्था थाहा पाउन सकेनन्।

पुलको भत्केको भाग नदेख्दा र तीव्र गतिमा रहेको कारलाई रोक्न नसक्दा उक्त दुःखद घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह