चैत २, काठमाडौं | विश्वकप लिग २ को अन्तिम तथा निर्णायक खेलमा यूएईले नेपाल विरुद्ध प्रभावशाली सुरुवात गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्। ४९ बलमा ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मुहम्मद वासिमलाई लामिछानेले एलबीडब्लु धरपमा पारेका हुन्। ६३ रन बनाएका वसिमको विकेट सन्दीपले लिएका हुन्।
यो समचार तयार गर्दा सम्म युएइले १७ ओभरमा २ विकेट गुमाएर १०१ रन जोडेको छ । युएईले २.५ ओभरमा १९ रन बनाएपछि नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । उनको धारिलो बलिङमा यूएईका ओपनर आर्यन लाक्रा बोल्ड भए ।
यो खेलमा नेपालले दुईवटा क्याच मिस गर्नु दुर्भाग्यपूर्ण रह्यो । भृत्य अरविन्द र वसिमको क्याच सोमपाल कामीले छुटाएका हुन् । यद्यपि, दुवै क्याच कठिन थिए ।