चैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले नेपालले पाँचौं विकेट गुमाएको छ । यूएईविरुद्धको खेलमा नेपालका भिम सार्की पनि आउट भएका छन् । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । हाल नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा क्रिजमा पुगेका छन् ।
जुनैद सिद्धकीको बलमा भीम सार्की एलबीडब्लू धरापमा परेका हुन् ।
यसअघि १६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले नै कुशल भुर्तेललाइ पनि आउट गरेका थिए । कुशलले ३५ बलमा ५० रन बनाए । जसमा ४ छक्का र ३ चौका समावेश थिए ।
कुशलको विकेटले नेपाल चरम दबाबमा परेको छ । अहिले भीम सार्की र आरिफ शेख क्रिजमा छन् ।
कुशलले रनरेटलाई काबुमा राखेर ब्याटिङ गरिरहेका थिए । उनी आउट भएपछि यूएईका बलरहरुले नेपालमाथि थप दबाब बढाउनेछन् ।