२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटमा कञ्चनपुरः खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

२०७९, ८ चैत्र बुधबार ०७:३२

चैत ८, काठमाडौं | कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ ।

नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन् । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ ।


अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालिएको थियो । मैदानमा निर्माणको पहिलो चरणमा माटो भरान र ‘चेन्जिङ रुम’ मा रु ३९ लाख खर्च भएको थियो । त्यसपछि सोही आर्थिक वर्षमा रु ३३ लाखको माटो भरानसमेत भयो ।

दुई वर्षअघि रु एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । सोही निर्माणस्थलमा केही वर्षअघि जिल्ला खेलकुद विकास समितिले माछापालनका लागि जग्गा दिँदा अहिले सो क्षेत्र कुरुप बनाएर छाडिएको छ ।

“क्रिकेट मैदानका लागि आएको रकमले माछा पोखरी पुर्नुपरेको छ”, क्रिकेटका एक सिनियर खेलाडीले भन्नुभयो, “हचुवाका भरमा खेलकुदको जग्गा अनावश्यक भाडामा दिँदा समस्या भएको छ ।” पछिल्लो समय यु–१९ को राष्ट्रिय टिममा पनि कञ्चनपुरबाट सन्दीप जोरा, हेमन्त धामी, आकाश चन्द र मिलन बोहरा छन् ।

कञ्चनपुरमा झण्डै डेढ दशक क्रिकेटको स्वयंसेवक प्रशिक्षकका रुपमा प्रशिक्षण गराएका वीरेन्द्र शाहीले कञ्चनपुरलाई क्रिकेटको भूमिभन्दा फरक नपर्ने बताउँछन् । “विगतदेखि नै यहाँका खेलाडी राष्ट्रिय टिममा परेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय बनाउँदै आएकै छन् ।” हाल सुर्खेतमा प्रशिक्षण गराइरहनुभएका प्रशिक्षक शाहीले भन्नुभयो, “यहाँ हरेक समय क्रिकेटका गतिविधि तथा आयोजना प्रसस्त भइरहेका हुन्छन् ।”

यहाँस्थित खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले प्रदेश सरकारको रातो किताबमा क्रिकेट मैदानका लागि रकम राखिएको बताउनुभयो । “प्रदेशको मन्त्रिमण्डलले पूर्णताः पाएपछि यहाँ बजेट आउने कुरो छ”, उहाँले भन्नुभयो, “यहाँ २०६६ सालमा छैटौँ राष्ट्रिय हुँदा क्रिकेट मैदान बनेको थियो ।”

यता सुदूरपश्चिम प्रदेश सरकारको पहलमा भने कञ्चनपुरको महेन्द्रनगरमा रु २६ करोडको लागतमा बहुउद्देश्यीय कवर्डहल बन्ने तयारी छ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभाका सदस्य एवं पुर्व प्रदेशमन्त्री प्रकाश रावलको पहलमा यहाँ सो कवर्डहल निर्माणको सुरुआतका लागि रु आठ करोड बजेट विनियोजन भएको छ ।

“कवर्डहलको डिपिआरमा समस्या आएपछि संशोधनको प्रक्रियामा छ”, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रावलले भन्नुभयो, “यस चालु आर्थिक वर्षमा ठेक्का भएर काम भने सुरु भइसक्छ ।” उहाँले उक्त हल निर्माण भए यहाँ खेलकुद गतिविधिमा अझ बढी बढावा मिल्नेमा आशावादी रहेको बताउनुभयो ।

कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र चन्दले चालु आवमा क्रिकेट मैदानका लागि रु ५० लाख बजेट विनियोजन भएको बताउनुभयो । “राष्ट्रिय खेलकुद परिषद्बाट सो रकम विनियोजन भएको हो”, उहाँले भन्नुभयो, “ यो माटो भरानको काम पुनः होला ।” उहाँले यहाँ राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनका बेला ‘टर्प पिच’ नभएको बताउनुभयो । 

“छैटौँ राष्ट्रियका बेला क्रिकेट मैदान बने पनि त्यसको संरक्षण नुहँदा त्यहाँ फुटबल, हक्कीदेखि मर्निङवाकसम्म हुन थाले”, उहाँले भन्नुभयो, “क्रिकेट सङ्घलाई संरक्षणका लागि मैदान दिन खेलकुद समिति मञ्जुर भएन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी