2026-09-21 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटरद्वय करण र सुवास गृह जिल्लामा सम्मानित

चैत ८, काठमाडौं | क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो। 

नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँ नगद र यू-१९ टोलीलाई विश्वकपमा पुर्‍याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ। 

खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैं लाग्ने बताए। उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताए। ‘नगरपालिका खेल पूर्वाधार बनाउन प्रतिबद्ध छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीको मनोबल उच्च बनाउनसमेत हामी लाग्नेछौं।’

त्यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्। सम्मानित भएपछि बोल्दै करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा थप हौसला बढेको बताए। उनले सम्मानले जिम्मेवारी थप बढेको र जिम्मेवारीलाई खेलकुदमा रुपान्तरण गर्ने र आशा र भरोसा तोड्न नदिने बताए।

करण बागलुङ नगरपालिका-८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका-१ पालाका हुन्। राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलिङ अलराउण्डर करणले आईसीसी विश्वकप लिग-२ का खेलमा कूल ५० विकेट लिँदै सानदार प्रर्दशन गरेका थिए। 

त्यस्तै यू-१९ क्रिकेट टोलीका स्पिनर सुवासले नेपाललाई सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुर्‍याउन सानदार प्रदर्शन गरेका थिए। सुवासले प्रतियोगिताका पाँच खेलमा ४३ ओभर बलिङ गर्दै ११५ रन खर्चेर ७ विकेट लिएका थिए। उनले डेब्यू खेलमा सिंगापुरविरुद्ध १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिएभने ब्याटिङमा ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहेका थिए। 

दोस्रो खेलमा कुवेत विरुद्ध विकेट लिएनन्भने तेस्रो खेलमा हङकङविरुद्ध १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए। सुवासले ६० मध्य ५१ बल डट राखेका थिए। उनले चौथो खेलमा मलेसियाविरुद्ध ९ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। त्यस्तै अन्तिम तथा निर्णायक (पाँचौं) खेलमा घरेलु टोली युएईविरुद्ध १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल