2026-09-21 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई तिलोत्तमा नगरपालिकाको नगदसहित सम्मान

चैत १२, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो ।

दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनियर टोलीले विश्व कप छनोट खेल्न पाउने भएको छ भने यू-१९ का क्याप्टेन खनालले टीमलाई जीत दिलाउँदै सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट गराउन सफल भएका छन् ।

खेलाडीहरुलाई तिलोत्तमाका मेयर रामकृष्ण खाण, उपमेयर जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे ।

उक्त अवसरमा मेयर खाणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकुदको क्षेत्रमा लगानी गरेको उनले बताए ।

उपमेयर चौधरीले खेलाडीहरुले नेपालसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गरिन् । खेलाडी उत्पादन गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको उनको भनाइ छ ।

सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी भुर्तेलले सबैको साथ र समर्थनले नै आफू र आफ्नो टीमले सफलता हात पारेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल