१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेमा मलाई घचेटिराखे नयाँ पाइला चाल्न सक्छु: भीम रावल

१४ चैत्र २०७९, मंगलवार ०५:५३

चैत १४, काठमाडौँ | नेकपा एमालेका नेता डा. भीम रावलले तत्काल एमाले छोड्ने मनस्थितिमा आफू नरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरूको भेटघाटमा उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको प्रष्ट्याएका हुन् ।

कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेटिराखे  भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु- त्यति बेला किन घचेटि माग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने बताए । एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोपसमेत लगाएका छन् । आइतबार अछाममा आयोजित पार्टी कार्यक्रममा रावल पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए ।

‘मैले ४८ सालदेखि चुनाव लड्दै आएको छु कहिल्यै कसैसँग टिकट मागिनँ तपाईँलाई मागे र ?’ पौडेललक्षित उनको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ