2026-09-30 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालको विकास र समृद्धिको लागी भारत भ्रमणमा आएको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रमणको उद्देश्य राजनीतिक नभई आर्थिक समृद्धि र विकासका लागि सहज वातावरण निर्माण गर्नु रहेको बताए।

‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिसहरू आएका छन्, म यस पटक समृद्धिको ढोका खोल्न आएको हुँ,’ उनले सुनाए, ‘समृद्ध नेपालको सपना हामीले धेरै वर्षदेखि देख्दै आएका हाैं। त्यसलाई साकार पार्ने सहकार्यको एजेण्डा बोकेर यहाँ आएको हुँ। मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्।’

लामिछानेले भारतले विकास र समृद्धिमा छोटो समयमा फड्को मारेको भन्दै नेपालले त्यसबाट सिकेर सहकार्य गर्ने बताए। ‘पछिल्लो १०/१२ वर्षमा भारतले विकास र समृद्धिको जुन फड्को मार्‍यो, हामी छेउमै बसेर हेरि मात्र रह्यौं,’ उनले भने, ‘अब सँगसँगै यात्रा गर्ने, साना-साना समस्या संवाद र सहकार्यबाट समाधान गर्दै समृद्धिको बाटोमा अघि बढ्ने समय आएको छ।’

वर्तमान सरकारको विषयमा बोल्दै उनले आफ्नो नेतृत्वप्रति जनताले दिएको बलियो जनादेश दिएको बताए। ‘कहिलेकाहीँ सरकारले केही गर्दैन कि, वातावरण बिग्रिन्छ कि भन्ने हल्ला यहाँसम्म आइपुग्न सक्छ,’ उनले भने, ‘तर त्यस्ता हल्लाको पछि लाग्न आवश्यक छैन। हामी पूर्ण प्रतिबद्धताका साथ देश विकासको अभियानमा लागेका छौं।’आफूहरूले भागबण्डा गर्नका लागि राजनीति गर्ने नभई देश र जनताको भाग्य परिवर्तन गर्नका लागि राजनीतिमा आएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री