2026-10-20 09:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालको विकास र समृद्धिको लागी भारत भ्रमणमा आएको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रमणको उद्देश्य राजनीतिक नभई आर्थिक समृद्धि र विकासका लागि सहज वातावरण निर्माण गर्नु रहेको बताए।

‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिसहरू आएका छन्, म यस पटक समृद्धिको ढोका खोल्न आएको हुँ,’ उनले सुनाए, ‘समृद्ध नेपालको सपना हामीले धेरै वर्षदेखि देख्दै आएका हाैं। त्यसलाई साकार पार्ने सहकार्यको एजेण्डा बोकेर यहाँ आएको हुँ। मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्।’

लामिछानेले भारतले विकास र समृद्धिमा छोटो समयमा फड्को मारेको भन्दै नेपालले त्यसबाट सिकेर सहकार्य गर्ने बताए। ‘पछिल्लो १०/१२ वर्षमा भारतले विकास र समृद्धिको जुन फड्को मार्‍यो, हामी छेउमै बसेर हेरि मात्र रह्यौं,’ उनले भने, ‘अब सँगसँगै यात्रा गर्ने, साना-साना समस्या संवाद र सहकार्यबाट समाधान गर्दै समृद्धिको बाटोमा अघि बढ्ने समय आएको छ।’

वर्तमान सरकारको विषयमा बोल्दै उनले आफ्नो नेतृत्वप्रति जनताले दिएको बलियो जनादेश दिएको बताए। ‘कहिलेकाहीँ सरकारले केही गर्दैन कि, वातावरण बिग्रिन्छ कि भन्ने हल्ला यहाँसम्म आइपुग्न सक्छ,’ उनले भने, ‘तर त्यस्ता हल्लाको पछि लाग्न आवश्यक छैन। हामी पूर्ण प्रतिबद्धताका साथ देश विकासको अभियानमा लागेका छौं।’आफूहरूले भागबण्डा गर्नका लागि राजनीति गर्ने नभई देश र जनताको भाग्य परिवर्तन गर्नका लागि राजनीतिमा आएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ