काठमाडौँ | राजावादी अभियन्ता दुर्गा प्रसाईँ र राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाबीच एकता भएको छ । आज एक कार्यक्रमबीच उनीहरूले एकताको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै प्रसाईँले धवल शमशेर आफ्नो अभिभावकजस्तो रहेको बताए । अब आफूहरू सहयात्रा जुटेको उनको भनाइ छ ।
उनले भने, ‘हामीबीच केही पनि भागबण्डा गर्नु छैन । हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो ।’ प्रसाईँले आफ्नो समूहका कार्यकर्ताहरूलाई आजदेखि धवलशमशेरलाई पनि नेता मान्न निर्देशन दिए । अहिले एकथरिले रास्वपाले राजसंस्था र हिन्दूराष्ट्र ल्याउने हल्ला फैलाइरहेको भन्दै उनले यसमा विश्वास नगर्न प्रसाईँले आग्रह गरे ।
प्रसाईँको नागरिक बचाउ महाअभियान धवलशम्शेर समूहबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।