२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललितपुर मेयर कप : एपीएफ क्लब अपराजित रहँदै फाइनलमा

२०७९, १४ चैत्र मंगलवार ०८:१२

चैत १४, काठमाडौँ | सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो । खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो । 

एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाइन् । 

बलिङतर्फ ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टी जैसीले दुई/दुई तथा सोनी पाख्रीन र मनिषा उपाध्यायले एक÷एक विकेट लिइन् ।

ललितपुर मेयर्सका लागि ब्याटिङ गर्दै सोनी पाख्रीनले १५ तथा लक्ष्मी चौधरी र सिमाना केसीले १०/१० रनको योगदान दिए । 

बलिङतर्फ एपीएफ क्लबकी राजमती ऐरी र बिनु बुढाले दुई/दुई तथा इन्दु बर्मा, सीता राना मगर र शुष्मा श्रेष्ठले एक/एक विकेट लिन सफल भए । 

एपीएफ क्लब लिग चरणका चारवटै खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले लिग चरणको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेको थियो । आयोजक ललितपुर मेयर्स लिग चरणका चारवटै खेलमा जितबिहीन रह्यो । 

ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल मधेस प्रदेश र कोशी प्रदेशबीच हुँदैछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति