२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ :- राष्ट्रपति पौडेल

२०७९, १६ चैत्र बिहीबार १०:०५

चैत १६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताउनुभएको छ । 

आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्नुहुँदै उहाँले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताउनुभयो । पशुपतिमा पूजाआजा र दर्शन सकेपछि केही समय वनकाली उद्यानविश्रामका लागि बगैँचामा मनमोहक वातावरणमा रमाउने गरी यस उद्यानलाई अझ व्यवस्थित गर्न जरुरी रहेको उहाँको भनाइ छ । 

“हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व रहेको छ”, उहाँले भन्नुभयो । 

राष्ट्रपति पौडेलले पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको वृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले यस परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने बताउनुभयो । 

पशुपति मन्दिर परिसरभित्रको सुरक्षा, सम्भार र विकासमा तल्लीन पशुपति क्षेत्र विकास कोषलाई  वनकाली उद्यान हस्तान्तरण भएपछि अझ संरक्षण र विकास हुने उहाँको भनाइ छ । 

“पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ । स्वदेश तथा विदेशका तमाम हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व छ”, उहाँले भन्नुभयो । 

पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा उहाँले सुझाव दिनुभयो । पशुपति क्षेत्रमा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ्, इन्टरनेट, सूचना बोर्ड, सुरक्षा व्यवस्था जस्ता आधारभूत र अत्यावश्यक सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबैको ध्यान जान जरुरी रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति