Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

२०७९, १८ चैत्र शनिबार ०८:३२

चैत १८, काठमाडौँ | उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताउनुभएको छ । 

आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गर्दै उहाँले भन्नुभयो, “निर्वाचनपछि एकखालको दुर्घटना भयो, प्राकृतिकरुपमा जुन गठबन्धनको सरकार बन्नुपथ्र्याे, बन्न सकेन, त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जेजे एजेन्डा लिएर गएका थियौँ, ती एजेन्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ ।” 

उहाँले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र र नेपाली जनताको आर्थिक वृद्धि गर्दै निश्चित वर्षभित्रै नेपाललाई विकसित राष्ट्रका रुपमा पु-याउनु वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले संसद्मा रहेका सबै दल र संसद् बाहिर रहेका दललाई समेत समेटेर एकताबद्ध गराउने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले सबै दललाई न्यूनतम साझा कार्यक्रमभित्र समेटेर मुलुकको स्वाभिमान, सुरक्षा, नेपाली जनताको हितमा एकताको भाव बोकेर वर्तमान सरकार अगाडि बढ्नेमा जोड दिनुभयो । 

उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गर्नुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनलगायतले स्वागत गर्नुभएको थियो । उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै