१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फुटबलको टिकटबाट उठेको रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा

१९ चैत्र २०७९, आईतवार १०:४७

चैत १९, काठमाडौँ | शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ तथा ब्रोडकास्टिङ अधिकार पाएको एमडीएसी स्पोट्र्सले नेपाली क्रिकेट खेलाडी कल्याणकारी कोषमा १ लाख ४८ हजार ८०० रुपैयाँ प्रदान गरेको छ । एमडीएसी स्पोट्र्सका सीईओ अर्जुन घिमिरेले मुलपानी मैदानमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनकुमार सिंहलाई १ लाख ४८ हजार ८०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल विश्वकप छनोटमा छानिएपछि एमडीएसी स्पोर्टसले चैत ४ गते दशरथ रंगशालामा भएको एपीएफ र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको थियो ।

एपीएफ र मनाङको खेल हेर्न राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रंगशालामा पुगेका थिए ।

त्यस दिन साधारण प्यारापिटतर्फ १ हजार १२२ टिकट बिक्रीबाट १ लाख १२ हजार २०० र भीआईपी प्यारापिटतर्फ १२२ टिकट बिक्रीबाट ३६ हजार ६०० रुपैयाँ उठेको थियो । त्यो रकम कोषमा जम्मा गरेको एमडीएसी स्पोर्टसले जनाएको छ  ।

आईसीसी क्रिकेट विश्वकप लिग टूका नेपाल र यूएईबीचको अन्तिम खेलमा टिकटबाट उठेको रकमबाट क्यानले कल्याणकारी कोष बनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ