Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्र लक्षित बाबुराम टिप्पणी: उपनिर्वाचन सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔँ

२०७९, २० चैत्र सोमबार ०६:२१

चैत २०, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावलाई अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाउन आग्रह गरेका छन् ।

उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु हुनु केही समय अघि ट्वीट गर्दै उनले बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आशय व्यक्त गरेका हुन् । यद्यपि उनले यादवको नाम भने उल्लेख गरेका छैनन् । 

‘चुनाव केही वर्ष महिनामा अमुक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ।’ 

जसपा अध्यक्ष यादव नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकाे समर्थनमा बारा २ काे उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । उनी यसअघि मंसिरकाे निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टी नेपाल र तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बिच एकीकरण गरी मित्रता अघि बढेको थियो । तर, एकीकरणको प्रक्रिया अघि बढ्दै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक विवादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै