Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रशासनले हटाउन लगायो ‘महाराजाधिराज’ लेखिएको ब्यानर, पूर्वराजालाई र्‍यालीमा हिँडाउन रोक

२०७९, २० चैत्र सोमबार ०७:२८

चैत २०, विराटनगर  | पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ। उक्त कार्यक्रममा राखिएका केही ब्यानर स्थानीय प्रशासनले हटाउन लगाएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर आयोजकले हटाएको हो ।

राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा साेमबार एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो । कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए ।

तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो । तर सरकारले नै पूर्वराजा शाहको अभिनन्दन कार्यक्रमका लागि अनुमति नदिएकाले प्रशासनले सुरक्षाको कारण देखाएको बुझिएको छ ।

कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । प्रदेशको नामकरणका विषयमा लिएर कोशी प्रदेशमा आन्दोलन भइरहेको र पूर्वराजासमेत पहिचानवादीको तारोमा पर्नसक्ने भन्दै सुरक्षाकर्मीले चेकजाँच तीव्र बनाएका छन् ।

स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि सिधै कार्यक्रम स्थलमा लैजाने तयारी भएको राप्रपाका नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले बताए । उनले सुरक्षाको कारण देखाएर प्रशासनले पूर्वराजालाई नागरिकसँग घुलमिल हुन रोक लगाएको आरोप लगाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै