१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रशासनले हटाउन लगायो ‘महाराजाधिराज’ लेखिएको ब्यानर, पूर्वराजालाई र्‍यालीमा हिँडाउन रोक

२० चैत्र २०७९, सोमबार ०७:२८

चैत २०, विराटनगर  | पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ। उक्त कार्यक्रममा राखिएका केही ब्यानर स्थानीय प्रशासनले हटाउन लगाएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर आयोजकले हटाएको हो ।

राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा साेमबार एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो । कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए ।

तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो । तर सरकारले नै पूर्वराजा शाहको अभिनन्दन कार्यक्रमका लागि अनुमति नदिएकाले प्रशासनले सुरक्षाको कारण देखाएको बुझिएको छ ।

कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । प्रदेशको नामकरणका विषयमा लिएर कोशी प्रदेशमा आन्दोलन भइरहेको र पूर्वराजासमेत पहिचानवादीको तारोमा पर्नसक्ने भन्दै सुरक्षाकर्मीले चेकजाँच तीव्र बनाएका छन् ।

स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि सिधै कार्यक्रम स्थलमा लैजाने तयारी भएको राप्रपाका नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले बताए । उनले सुरक्षाको कारण देखाएर प्रशासनले पूर्वराजालाई नागरिकसँग घुलमिल हुन रोक लगाएको आरोप लगाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड