Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बारा–२ मा ४ जनाको मनोनयन दर्ता, मुख्य दलका उम्मेदवारको अझै बाँकी

२०७९, २० चैत्र सोमबार ०८:१६

चैत २०, काठमाडौँ | वैशाख १० को उपनिर्वाचनका लागि बारा–२ मा चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् । २ स्वतन्त्र, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको तर्फबाट ४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उठ्दैछन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ । जनमत पार्र्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले पनि मनोनयन पत्र दर्ता गर्ने तयारी छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सो क्षेत्रबाट हालका उपराष्ट्रपति राम सहाय यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनी १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।

माओवादी केन्द्रले उपेन्द्रलाई समर्थन गर्ने भएपछि उनै शिवचन्द्र पार्टी परित्याग गरेर जनमत पार्टीमा गएका हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै